काठमाडौं। राजेश पुलामी मगरको अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले आज प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई जितका लागि २३० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर त्रिभुवन आर्मी क्लबलाई ब्याटिङको निम्तो दिएका थिए।
राशेजले ६५ रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको त्रिभुवन आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २९ रन बनाएको हो।
कप्तान ज्ञानेन्द्रको निर्णय सही साबित भएको थियो। त्रिभुवन आर्मीले सुरुमै तीन विकेट गुमाएको थियो। १७.१ ओभरमा हरि चौहान पवेलियन फर्किदा त्रिभुवन आर्मी क्लब १७/३ को स्थितिमा थियो।
ओपनर हरि चौहान तीन रनमा आउट हुँदा अनिलकुमार मण्डल दुई रनमा आउट भएका थिए। रोहितकुमार पौडेल शून्यमा पवेलियन फर्किए। त्यसपछि भिम सार्की र लोकेश बमले चौथो विकेटका लागि ५६ रनको साझेदारी गरे।
लोकेश २३ रन बनाएर आउँदा हुँदा भिम सार्कीले ४० रन जोडे। त्यसपछि राजेशले त्रिभुवन आर्मीको इनिङ उकासे। राजेशले कप्तान विनोद भण्डारीसँग छैटौं विकेटका लागि २६ रनको साझेदारी गरे।
आज तल्लो क्रममा ब्याटिङ गर्न आएका विनोद १० रनमा आउट भए। त्यसपछि राजेशले विक्रम सोबसँग सातौं विकेटका लागि ९२ रनको साझेदारी गरे। विक्रम ३५ रन बनाएर आउट भए। सुशन भारी १६ रन बनाएर रन आउट भए।
राजेश पुलामीले ९१ बलमा चार चौका र दुई छक्कासहित ६५ रन बनाए। राजेश आउट हुँदा त्रिभुवन आर्मी क्लब २२८/८ को स्थितिमा थियो।
बागमतीका लागि गौतम केसीले पाँच विकेट लिए। गौतमले दश ओभरमा एक मेडनसहित ६१ रन दिएर पाँच विकेट लिए। रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यको नाममा एक एक विकेट रह्यो।