काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो पटक फाइनल पुग्ने लक्ष्य लिएको बागमती प्रदेशले पहिलो बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जिटेर त्रिभुवन आर्मी क्लबलाई ब्याटिङको निम्तो दिएका हुन्।
विनोद भण्डारीको कप्तानी रहेको त्रिभुवन आर्मी क्लब बागमती प्रदेशलाई पाखा लगाउँदै लगातार चौथो पटक फाइनल खेल्ने लक्ष्यमा छ।
आजको विजेताले शनिबार उपाधिका लागि सशत्र प्रहरी बल (एपीएफ) सँग प्रतिस्पर्धा गर्नेछ। एपीएफले बुधबार नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।
त्रिभुवन आर्मीका कप्तान भण्डारीले पहिलो खेलमा गण्डकी प्रदेशविरुद्ध शतक बनाएका थिए। त्रिभुवन आर्मीका कप्तान विनोदसँगै अनिलकुमार मण्डल र रोहितकुमार पनि लयमा छन्।
विनोदले एक सय ५७ रन बनाइसकेका छन् भने अनिलकुमारले एक सय ३४ रन बनाए । रोहितकुमारले एक सय ११ रन बनाए ।
बागमतीका पृथु बास्कोटा उच्च लयमा छन्। पृथुले ४ खेलमा २ अर्धशतक सहित २ सय १४ रन बनाएका छन्। जारी सिजन धेरै रन बनाउनेमा पृथु शीर्ष स्थानमा छन्। कप्तान ज्ञानेन्द्रले भने अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन्। पृथु र आदिललाई इशान पाण्डेले साथ दिएका छन्।
त्रिभुवन आर्मीको बलिङ भने कमजोर देखिएको छ। साहब आलमले ९ विकेट लिएका छन्। त्यसबाहेक अन्य बलर चल्न सकेका छैनन्। अनुभवी बलर जितेन्द्र मुखिया लय भेट्टाउन संघर्ष गरिरहेका छन्।
बागमतीका रामनरेश गिरीले ९ विकेट लिइसकेका छन्। त्यस्तै लितक भण्डारी र नन्दन यादवले सात विकेट लिएका छन्।
बागमती समूह बी बाट अपराजित रहँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। त्रिभुवन आर्मी भने समूह ‘ए’ को उप विजेता हो।
समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी एपीएफसँग पराजित भएको थियो। बागमती प्रदेशले भने समूहको अन्तिम खेलमा लुम्बिनी प्रदेशसँग अंक बाँडेको थियो।
" /> काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो पटक फाइनल पुग्ने लक्ष्य लिएको बागमती प्रदेशले पहिलो बलिङ गर्ने निर्णय गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जिटेर त्रिभुवन आर्मी क्लबलाई ब्याटिङको निम्तो दिएका हुन्।

">