लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले गएराति रायो भालेकानोलाई २–१ ले पराजित गर्दै कोपा डेल रेको अन्तिम आठमा स्थान बनाउन सफल भएको छ।
• बार्सिलोनाबाट करियरकै पहिलो रातो कार्डको सामना गरेका मेस्सी दुई खेलको प्रतिबन्धपछि मैदान फर्किएका हुन्। मेस्सीले स्पेनिस सुपर कपको फाइनलमा रातो कार्डको दर्शन पाएका थिए।

मेस्सीको पुनरागमन, बार्सिलोना कोपा डेल रेको अन्तिम आठमा
काठमाडौं। लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले गएराति रायो भालेकानोलाई २–१ ले पराजित गर्दै कोपा डेल रेको अन्तिम आठमा स्थान बनाउन सफल भएको छ।

दोस्रो श्रेणीको लिगको चौथो स्थानमा रहेको रायो भालेकानोले ६३औं मिनेटमा अप्रत्यासित अग्रता लिएको थियो। रायो भालेकानाकोका फ्रान्सिस्को गार्सियाले गोल गरेका थिए।

त्यसको ६ मिनेट बित्न नपाउँदै बार्सिलोनाले मेस्सीको गोलबाट बराबरी गर्यो। मेस्सीले एन्टोइन ग्रिजमनको पासमा गोल गरेका हुन्। बार्सिलोनाबाट करियरकै पहिलो रातो कार्डको सामना गरेका मेस्सी दुई खेलको प्रतिबन्धपछि मैदान फर्किएका हुन्। मेस्सीले स्पेनिस सुपर कपको फाइनलमा रातो कार्डको दर्शन पाएका थिए।

कप्तान मेस्सीले बार्सिलोनाको जितमा महत्वपूर्ण भुमिका खेले। खेल सकिन दश मिनेट बाँकी हुँदा वैकल्पिक खेलाडी जोर्डी अल्बाको क्रसमा फ्रांक डी जोङले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो।

क्याटलान क्लब बार्सिलोनाले कोपा डेल रेमा कीर्तिमानी ३० पटक उपाधि जितेको छ। रोनाल्ड कोम्यानले प्रशिक्षण सम्हालेको पहिलो सिजन पनि बार्सिलोनाले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ।

कोम्यानको टीम ला लिगामा भने तेस्रो स्थानमा छ। बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा दश अंकले पछाडि हो। एट्लेटिकोले अझै एक खेल कम खेलेको छ।

ला लिगाको शीर्ष दुई टीम एट्लेटिको र रियाल मड्रिड अप्रत्यासित नतिजासँगै कोपो डेल रेबाट बाहिरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्