काठमाडौं। भुवन कार्कीको अलराउन्ड प्रदर्शनप्रेरित सशत्र प्रहरी बल (एपीएफ)ले आज साविक विजेता अर्को विभागीय टीम नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ।
चौथो पटक सेमिफाइनल खेलेको एपीएफले दोस्रो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको हो। एपीएफले दोस्रो संस्करणको उपाधि जितेको थियो। गत संस्करणमा भने एपीएफ नेपाल पुलिस क्लबसँग पराजित हुँदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको थियो।
यो जितसँगै एपीएफले गत वर्ष पुलिस क्लबसँगको हारको बदला लिएको छ। एपीएफले अब त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको विजेतासँग उपाधीको लागि प्रतिस्पर्धा गर्नेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय तीन रन बनायो। दुई सय चार रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले ४९.२ ओभरमा एक सय ७३ रनमा अलआउट भएको थियो।
एपीएफका लागि भुवन कार्कीले ५६ बलमा एक चौका र दुई छक्कासहित ४२ रन बनाए। समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको एपीएफका लागि आज शंकर रानाले सबैभन्दा धेरै ४४ रन बनाए। भुवनले ४२ रन बनाउँदा सन्दीप जोराले ३४ तथा सुवास खकुरेल र कमलसिंह ऐरीले समान १९ रन बनाए। कप्तान शरद भेषावकरले १८ रन बनाए भने अभिनाष बोहरा ११ रनमा अविजित रहे।
समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा पुगेको नेपाल पुलिस क्लबका लागि आरिफ शेखले तीन विकेट लिए। ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए। रशिद खान र सागर ढकालको नाममा एक/एक विकेट रह्यो।
१० ओभरमा एक मेडनसहित ३१ रन दिएर तीन विकेट लिएका आरिफ फिल्डिङ गर्ने क्रममा घाइते भए। त्यसको असर नेपाल पुलिस क्लबको ब्याटिङमा पर्यो। आरिफ ४६औं ओभरको तेस्रो बलमा फिल्डिङ गर्ने क्रममा घाइते भएका हुन्।
आरिफ दशौं नम्बरमा ब्याटिङ गर्न आएका थिए। उनले १४ बलमा दुई चौका र एक छक्कासहित १६ रन बनाए। नेपाल पुलिस क्लबका लागि सबैभन्दा धेरै पवन सर्राफले ४०, रशिद खानले ३४, दीपेन्द्रसिंहले ३३, अनिल शाहले २१, सागर ढकालले ११ रन बनाए।
एपीएफका लागि भुवनले ९.२ ओभरमा एक मेडनसहित २१ रन दिएर चार विकेट लिए। कमलसिंह, अभिनाष बोहरा र शरद भेषावकरले समान दुई विकेट लिए।