काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबले दुई सय चार रनको लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सशत्र प्रहरी बल (एपीएफ) ले निर्धारित ५० ओभरमा नौं विकेट गुमाएर दुई सय तीन रन बनाएको छ । नेपाल पुलिस क्लबका कप्तान मञ्जित श्रेष्ठले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि एपीएफले पहिले ब्याटिङ गरेको हो।
समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको एपीएफका लागि आज शंकर रानाले सबैभन्दा धेरै ४४ रन बनाए। भुवन कार्कीले ४२ र सन्दीप जोराले ३४ रन बनाउँदा ओपनर सुबास खकुरेल र कमलसिंह ऐरीले समान १९ रन बनाए। कप्तान शरद भेषावकरले १८ रन बनाए। अभिनाष बोहरा ११ रनमा अविजित रहे।
समूह ‘बी’ को उपविजेता रहेर अन्तिम चारमा स्थान बनाएको नेपाल पुलिस क्लबका लागि आरिफ शेखले तीन विकेट लिए। ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिदा राशिद खान र सागर ढकालको नाममा एक एक विकेट रह्यो ।