काठमाडौं। समूह विजेता बन्नका लागि भएको प्रतिस्पर्धामा आज सशस्त्र प्रहरी बल (एपीएफ) ले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई जितका लागि दुई सय ४१ रनको लक्ष्य पेस गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफले ४९.४ ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रन बनाएको हो।
आर्मीका हरि चौहानले पाँच विकेट लिए। हरिले ९.४ ओभरमा एक मेडनसहित ६० रन दिएर पाँच विकेटका हुन्। हरिबाहेक शाहब आलमले दुई विकेट लिँदा आकाश चन्द, विक्रम सोब र सुशन भारीको नाममा एक/एक विकेट रह्यो।
एपीएफका लागि सुमित महर्जनले सबभन्दा धेरै ४६ रन बनाए। ओपनर सुवास खकुरेलले ३८, सन्दीप जोराले २८, अमर राउटेलाले २६, कप्तान शरद भेषावकरले २४ र वसन्त रेग्मीले २० रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। एपीएफले ३९ अतिरिक्त रन पाएको थियो।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब र एपीएफको समान ६ अंक छ। रनरेटका आधरमा एपीएफ शीर्ष स्थानमा छ भने त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ। दुवै टिमले यसअघि नै अन्तिम चारमा स्थान पक्का गरिसकेका छन्। आजको नतिजाले विजेता र उपविजेता टुंगो लाग्नेछ।
" /> काठमाडौं। समूह विजेता बन्नका लागि भएको प्रतिस्पर्धामा आज सशस्त्र प्रहरी बल (एपीएफ) ले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई जितका लागि दुई सय ४१ रनको लक्ष्य पेस गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफले ४९.४ ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रन बनाएको हो।

">