काठमाडौं। जित्नैपर्ने दबाबमा रहेको नेपाल पुलिस क्लबले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक सय ७० रनको लक्ष्य पाएको छ।
मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लबका कप्तान मञ्जित श्रेष्ठले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ थालेको प्रदेश २ ले निर्धारित ४७ ओभरमा नौ विकेट गुमाएर एक सय ६९ रन बनाएको थियो।
बिहान आउटफिल्ड ओसिलो भएका कारण खेल केही समय ढिलागरी सुरू भएको थियो। जसका कारण खेल ४७ ओभरमा छोट्याइएको हो।
प्रदेश २ का लागि हरिशंकर शाहले ५३ रन बनाए। हरिशंकरबाहेक हिमान्सु दत्तले १६, आदील खानले १५, सुरज कुर्कीले १३ तथा रवि सिंह र विशाल सुस्लिङले समान १२ रन बनाए।
नेपाल पुलिस क्लबका ललितनारायण राजवंशीले आठ ओभरमा एक मेडनसहित ३७ रन दिएर चार विकेट लिए। सागर ढकालले दुई विकेट लिँदा पवन सर्राफले एक विकेट लिए।
नेपाल पुलिस क्लबलाई आज जित्नैपर्ने दबाब छ। जिते पुलिस क्लबले समूह ‘बी’ बाट उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाउनेछ भने पराजित भए प्रतियोगिताबाट बाहिरिने छ। समूह ‘बी’ बाट बागमती प्रदेशले समूह विजेता बन्दै अन्तिम चारमा स्थान पक्का गरिसकेको छ।
" /> काठमाडौं। जित्नैपर्ने दबाबमा रहेको नेपाल पुलिस क्लबले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक सय ७० रनको लक्ष्य पाएको छ।मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लबका कप्तान मञ्जित श्रेष्ठले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ थालेको प्रदेश २ ले निर्धारित ४७ ओभरमा नौ विकेट गुमाएर एक सय ६९ रन बनाएको थियो।

">