काठमाडौं। बायाँ हाते स्पिनर लासिथ इम्बुलदेनियाले सात विकेट लिएपछि श्रीलंकाले इंग्ल्यान्डविरुद्ध दोस्रो टेष्टको पहिलो इनिङमा ३७ रनको अग्रता लिएको छ।
इम्बुलदेनियाले १३७ रन दिएर सात विकेट लिए। उनलाई दिलरुवान परेरा र रमेश मेन्डिसले एक एक विकेट लिएर साथ दिए।
इंग्ल्यान्डले ३४४ रन बनाउँदा सबै विकेट गुमाएको थियो। त्यसअघि श्रीलंकाले पहिलो इनिङमा ३८१ रन बनाएको थियो।
इंग्ल्यान्डका कप्तान जो रुटले एक सय ८६ रन बनाएका थिए। तेस्रो दिन सकिँदा पाहुना टोली इंग्ल्यान्ड ३३९/९ को स्थितिमा थियो। चौथो दिन थप पाँच रन जोड्दा इंग्ल्यान्डले सबै विकेट गुमायो।
रुटले १३२/४ को स्थितिबाट इङ्ल्यान्डको इनिङ उकासेका थिए। रुटले जोस बट्लरसँग पाँचौं विकेटका लागि ९७ रनको साझेदारी गरे।
साम कुरानसँग छैटौं विकेटका लागि २३ रनको साझेदारी गरेका रुटले डम बेससँग सातौं विकेटका लागि ८१ रनको साझेदारी गरे।
बट्लरले ५५ रन बनाउँदा कुरानले १३ र बेसले ३२ रन बनाए। रुटको यो लगातार दोस्रो शतक हो। उनले पहिलो टेष्टमा पनि २२८ रन बनाएका थिए।
दुई खेलको टेष्ट शृंखलामा इंग्ल्यान्ड १–० ले अगाडि छ। पहिलो टेष्टमा इंग्ल्यान्ड सात विकेटले विजयी भएको थियो।
" /> काठमाडौं। बायाँ हाते स्पिनर लासिथ इम्बुलदेनियाले सात विकेट लिएपछि श्रीलंकाले इंग्ल्यान्डविरुद्ध दोस्रो टेष्टको पहिलो इनिङमा ३७ रनको अग्रता लिएको छ।इम्बुलदेनियाले १३७ रन दिएर सात विकेट लिए। उनलाई दिलरुवान परेरा र रमेश मेन्डिसले एक एक विकेट लिएर साथ दिए।

">