आर्मीविरुद्ध एपीएफले पहिले ब्याटिङ गर्ने

काठमाडौं। सशत्र प्रहरी बल (एपीएफ) ले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि एपीएफले पहिलो ब्याटिङ गर्ने भएको हो।

समूह ‘ए’ मा रहेका एपीएफ र त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाइसकेका छन्। तर समूह विजेता र उपविजेताको टुंगो भने आजको नतिजाबाट लाग्नेछ।

अहिले दुबै टिमको समान ६ अंक भए पनि रनरेटका आधरमा एपीएफ समूह ‘ए’ को शीर्ष स्थानमा छ। समूह ‘ए’बाट प्रदेश एक, कर्णाली र गण्डकी प्रदेश भने प्रतियोगिताबाट बाहिरिसकेका छन्।

आजै मुलपानी क्रिकेट मैदानमा समूह ‘बी’ को नेपाल पुलिस क्लब र प्रदेश दुईले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्