काठमाडौं। आर्थरले युभेन्टसका लागि पहिलो गोल गरेको दिन इटालियन सिरी ‘ए’ को साविक विजेताले बोलोग्नामाथि २–० को विजय हालिस गरेको छ।
ब्राजिलका मिडफिल्डर आर्थरले १५ औं मिनेटमा हानेको लामो प्रहार विपक्षी मिडफिल्डर जेर्डी सउटेनलाई लागेर गोलमा परिणत भएको थियो। आर्थरले क्रिष्टियानो रोनाल्डोको पासमा गोल गरेका हुन्।
बार्सिलोनाका मिडफिल्डर आर्थरले युभेन्टसमा १९ खेलसम्म गोल गर्न सकेका थिएनन्। उनी यो सिजन अघि ८ करोड २० लाख युरोमा युभेन्टससँग अनुबन्धित भएका हुन्।
७१औं मिनेटमा जुवान कोर्डाडोको पासमा वेष्टन म्याकेनीले अर्को गोल थपेपछि युभेन्टसले तीन अंक पक्का गरेको हो। अमेरिकाका मिडफिल्डर म्याकेनीले कर्नरबाट आएको पासलाई हेडमार्फत पोष्टको दिशा दिएका हुन्।
युभेन्टसबाट २१ खेलमा म्याकेनीको यो चौथो गोल हो। उनी बुन्डेसलिगा क्लब शाल्केबाट युभेन्टसमा आएका हुन्।
जितसँगै युभेन्टस लिगको चौथो स्थानमा उक्लिएको छ। बोलोग्ना भने १३औं स्थानमा छ। जितसँगै युभेन्टसले शीर्ष क्लब एसी मिलानमाथि दबाब सिर्जना गरेको छ।
शनिबार राति एटलान्टासँग घरेलु मैदानमा पराजित मिलान शीर्ष स्थानमा छ। मिलानले १९ खेलबाट ४३ अंक जोडेको छ भने युभेन्तसले १८ खेलबाट ३६ अंक जोडेको छ।
दोस्रो स्थानको इन्टर मिलानले ४१ तथा तेस्रो स्थानको एएस रोमाले ३७ अंक जोडेका छन्। इन्टर र रोमा दुबैले युभेन्टसले भन्दा एक खेल बढी खेलेका छन्।