फ्रांक डी जोङले एक गोल र अर्कोमा अवसर सिर्जना गरिदिएको खेलमा बार्सिलोनाले स्पेनिस ला लिगमा एल्चेमाथि २–० को विजय हासिल गरेको छ।
• नेदरल्यान्डका डी जोङले ८९औं मिनेटमा चिप गरेर दिएको पासमा रिकुइ पुजले हेडमार्फत अर्को गोल थपेपछि बार्सिलोनाको तीन अंक पक्का भएको हो। पुज ८७ मिनेटमा पेड्रीको स्थानमा मैदान छिरेका थिए।

एल्चेमाथि २–० को जितसहित बार्सिलोना तेस्रो स्थानमा उक्लियो
काठमाडौं। फ्रांक डी जोङले एक गोल र अर्कोमा अवसर सिर्जना गरिदिएको खेलमा बार्सिलोनाले स्पेनिस ला लिगमा एल्चेमाथि २–० को विजय हासिल गरेको छ।

घरेलु टोली एल्चेका रक्षक डिएगो गोन्जालेजले क्लियर गरेको बललाई डी जोङले पोष्टको दिशा दिएका हुन्। डी जोङको गोलमा बार्सिलोनाले ३९औं मिनेटमा अग्रता लिएको थियो।

नेदरल्यान्डका डी जोङले ८९औं मिनेटमा चिप गरेर दिएको पासमा रिकुइ पुजले हेडमार्फत अर्को गोल थपेपछि बार्सिलोनाको तीन अंक पक्का भएको हो। पुज ८७ मिनेटमा पेड्रीको स्थानमा मैदान छिरेका थिए।

पुजले सिनियर टिममा गरेको यो पहिलो गोल हो। उनले २५औं खेलमा पहिलो गोल गरेका हुन्। पुज १३ वर्षको उमेरमा क्याटलान क्लबसँग अनुबन्ध भएका थिए।

त्यसअघि एल्चेका इमिलियानो रिगोनीले बराबरी गर्ने मौका पाएका थिए। तर उनको प्रहारलाई बार्सिलोनाका गोलकिपर मार्क–आन्द्रे टेर स्टेगनले बचाइदिएका थिए।

त्यस्तै बार्सिलोनाका उसमान डेम्बेले र ट्रिनकाओको प्रहारलाई पनि एल्चेका गोलकिपर एड्गर बाडियाले रोकिदिएका थिए।

एल्चेको जितबिहीन यात्रा १३ खेलसम्म लम्बिएको छ। १८ खेलबाट १७ अंक जोडेको एल्चे पुछारबाट दोस्रो स्थानमा छ।

बार्सिलोना भने १९ खेलबाट ३७ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानका एट्लेटिको मड्रिडभन्दा सात अंकले पछाडि हो भने दोस्रो स्थानको रियाल मड्रिडभन्दा तीन अंकले पछाडि हो। एट्लेटिकोले भने दुई खेल कम खेलेको छ।

प्रतिक्रिया दिनुहोस्