काठमाडौं। ब्रुनो फर्नान्डेजले अतिरिक्त खेलाडीका रुपमा मैदान प्रवेश गरेर फ्रिकिकमा गरेको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले गएराति एफए कपको चौथो चरणमा लिभरपुललाई ३–२ ले पराजित गरेको छ।
युनाइटेडको घरेलु मैदानमा मोहम्मद सालाहको गोलबाट लिभरपुलले १८औं मिनेटमा अग्रता लिएको थियो। सालाहले रोबर्टो फिर्मिनोको पासमा गोल गरेका हुन्। मार्कुस राशफोर्डको लामो पासमा मासन ग्रिनउडले २६औं मिनेटमा बराबरी गोल फर्काए।
ग्रिनउडले दिएको लामो पासमा राशफोर्डले ४८औं मिनेटमा गरेको गोलबाट युनाइटेडले अग्रता लियो। लिभरपुलका लागि सालाहले ५८औं मिनेटमा बराबरी गोल फर्काए।
वैकल्पिक खेलाडी फर्नान्डेजले ७८औं मिनेटमा फ्रिकिकमा गरेको दर्शनीय गोल युनाइटेडको जितमा निर्णायक बन्यो। फर्नान्डेज ६६औं मिनेटमा डोनी भान डी बिकको स्थानमा मैदान छिरेका थिए।
युनाइटेडले अब एफए कपको पाँचौं चरणमा प्रिमियर लिगको क्लब वेष्ट ह्यामसँग प्रतिस्पर्धा गर्नेछ।
एक हप्ताअघि इङ्लिस प्रिमियर लिगमा भएको प्रतिस्पर्धामा लिभरपुल र युनाइटेडले गोलरहित बराबरी खेलेका थिए। प्रिमियर लिगको साविक विजेता लिभरपुल पछिल्लो समय जितका लागि संघर्ष गरिरहेको छ।
लिभरपुलले पछिल्ला सातमध्ये एक खेलमा मात्र विजय हासिल गरेको छ। बाँकी ६ मध्ये तीनमा बराबरी खेलेको लिभरपुल तीन खेलमा पराजित भएको छ।
ठीक विपरीत युनाइटेड भने पछिल्लो १३ मध्ये एक खेलमा मात्र पराजित भएको छ। बाँकी १२ मध्ये तीन खेलमा बराबरी खेलेको युनाइटेडले ९ खेलमा विजय हासिल गरेको छ।
" /> काठमाडौं। ब्रुनो फर्नान्डेजले अतिरिक्त खेलाडीका रुपमा मैदान प्रवेश गरेर फ्रिकिकमा गरेको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले गएराति एफए कपको चौथो चरणमा लिभरपुललाई ३–२ ले पराजित गरेको छ।युनाइटेडको घरेलु मैदानमा मोहम्मद सालाहको गोलबाट लिभरपुलले १८औं मिनेटमा अग्रता लिएको थियो। सालाहले रोबर्टो फिर्मिनोको पासमा गोल गरेका हुन्। मार्कुस राशफोर्डको लामो पासमा मासन ग्रिनउडले २६औं मिनेटमा बराबरी गोल फर्काए।

">