काठमाडौं। सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनको टिम होबर्ट हुरिकेन्सले आज अस्ट्रेलियन बिग बास लिगमा सिड्नी सिक्सर्समाथि सात रनको विजय हासिल गरेको छ।
सन्दीपले चार ओभरमा २४ रन दिएर दुई विकेट लिए। जारी लिगमा सन्दीपले आठ विकेट लिइसकेका छन्।
मेलवर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको होबर्टले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८८ रन बनाएको थियो। एक सय ८९ रनको लक्ष्य पछ्याएको सिड्नीले आठ विकेट गुमाएर एक सय ८१ रनमात्र बनाउन सक्यो।
होबर्टका ओपनर म्याथ्यु वेडले ८६ रन बनाए भने डी'आर्की शोर्टले ७२ रन बनाए। यी दुई ब्याट्सम्यानले पहिलो विकेटका लागि एक सय ४५ रनको साझेदारी गरेका थिए। वेड र शोर्टबाहेक डेविड मालनले ११ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सिड्नीका सिन अब्बोट, बेन ड्वारस्विस र ज्याक बेलले समान दुई/दुई विकेट लिए। ड्यानियल क्रिस्टेनको नाममा एक विकेट रह्यो।
सिड्नीका लागि जोर्डन सिल्कले सबभन्दा धेरै ७८ रन बनाए। कप्तान मोसिस हेनरिक्सले ४३ र ड्यानियल ह्युजले ११ र ड्वारस्विसले १० रन बनाए।
होबर्टका लागि सन्दीपबाहेक नाथन इलिसले तीन विकेट र स्कट बोल्यान्डले दुई विकेट लिए। रिले मेरेडिथको नाममा एक विकेट रह्यो।
" /> काठमाडौं। सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनको टिम होबर्ट हुरिकेन्सले आज अस्ट्रेलियन बिग बास लिगमा सिड्नी सिक्सर्समाथि सात रनको विजय हासिल गरेको छ।सन्दीपले चार ओभरमा २४ रन दिएर दुई विकेट लिए। जारी लिगमा सन्दीपले आठ विकेट लिइसकेका छन्।

">