प्रधानमन्‍त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज बागमती प्रदेश र प्रदेश २ ले अंक बाँडेका छन्। मुलपानी क्रिकेट मैदानमा भएको खेल बराबरीमा सकिएपछि दुवै टीमले अंक बाँडेका हुन्। ">
रोमाञ्‍चक बराबरीसँगै बागमती अन्तिम चारमा, लुम्बिनी पुलिसको नतिजामा निर्भर
अंक बाँडेपछी बागमतीले समूह 'बी' को बिजेता बन्दै अन्तिम चारमा स्थान बनाएको छ। बागमतीले चार खेलबाट सात अंक जोडेको छ।  पाँच अंक जोडेको लुम्बिनीले भने अन्तिम चारमा स्थान बनाउनका लागि नेपाल पुलिस क्लब र प्रदेश २ बीच सोमबार हुने खेलको नतिजा कुर्नु पर्ने भएको छ।
मुलपानी क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। आदील खान र इशान पाण्डेले अर्धशतक बनाएपछि बागमतीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २० रन बनाएको थियो। लुम्बिनीले पनि ४८ ओभरमा सबै विकेट गुमाएर २२० रन बनाएपछि खेल बराबरी भएको हो।
बागमतीका लागि आदीलले ५५ रन बनाए भने इशानले ५१ रन बनाए। आदीलले ८७ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। इशानले ५३ बलमा चार चौका र दुई छक्का प्रहार गरे। इशान र आदीलबाहेक आकाश थापाले ३९, पृथु बास्कोटाले २९, कप्तान ज्ञानेन्द्र मल्लले १४ रन बनाउँदा नन्दन यादव ११ रनमा अविजित रहे।
लुम्बिनीका दीपेन्द्र रावतले तीन विकेट लिँदा कप्तान कृष्ण कार्की र सन्दीप सुनारले समान दुई विकेट लिए। विक्रम भुसाल र अनिल खरेलको नाममा एक/एक विकेट रह्यो।
२२० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशका लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले समान ४१ रन बनाए। सौरभ खनालले ३४, देव खनालले २६, सन्दीप सुनारले २५, सन्दीप रजालीले ११ रन बनाए।
बागमतीका बिपिन आचार्यले चार विकेट लिए। गौतम केसीले दुई विकेट लिँदा रामनरेश गिरी, तिलक भण्डारी र इशान पाण्डेको नाममा एक/एक विकेट रह्यो।
प्रतिक्रिया दिनुहोस्