काठमाडौं । अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेपछि सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सान्त्वना जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान खडक बोहराले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । टस हारेर ब्याटिङमा आएको प्रदेश २ का हरिशंकर शाहले अर्धशतक बनाएपनि ४२ ओभरमा सबै विकेट गुमाएर एक सय ९५ रन बनाएको हो । एक सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिम यसअघि तीन खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको थियो। प्रदेश २ को भने गणितीय सम्भावना कायमै थियो । तर आजको हारसँगै प्रदेश २ पनि प्रतियोगिताबाट बाहिरिएको छ। लगातार तेस्रो खेलमा हारेको प्रदेश २ ले कुनै अंक जोड्न सकेको छैन। प्रदेश २ ले समूह 'बी' को अन्तिम खेल नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
प्रदेश २ का हरिशंकरले ७३ बलमा नौ चौकासहित ६० रन बनाए । विवेक यादवले ४१ रन बनाउँदा महबुब आलमले २३ रन जोडे । राहुलप्रताप सिंहले १२ रन बनाउँदा कुमार थापा ११ रनमा अविजित रहे ।
सुदूरपश्चिमका नरेन्द्र साउद र शेर मल्लले समान तीन विकेट लिए। अरुण ऐरीले दुई विकेट लिँदा हेमन्त धामी र भोजराज भट्टको नाममा एक/एक विकेट रह्यो।
एक सय ९६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमका ओपनर गजेन्द्र बोहोरा र खडकले पहिलो विकेटका लागि ७८ रनको साझेदारी गरेका थिए । गजेन्द्रले ३९ रन बनाए भने खडकले ४३ रन बनाए। दुबैले समान ६ चौका प्रहार गरे । खडकले सन्जु धामीसँग दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गरे ।
सन्जुले ३५ बलमा आठ चौका र दुई छक्कासहित ५७ रन बनाए । अरूण ऐरीले १९ रन बनाए । सुदूरपश्चिमले अन्तिम चार रन जोड्नेक्रममा चार विकेट गुमाएको थियो । प्रदेश २ का कुमार थापाले तीन विकेट लिए । हरिशंकरले दुई विकेट लिँदा रवि शाह र विवेक यादवको नाममा एक/एक विकेट रह्यो।
" /> काठमाडौं । अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेपछि सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सान्त्वना जित हासिल गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान खडक बोहराले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । टस हारेर ब्याटिङमा आएको प्रदेश २ का हरिशंकर शाहले अर्धशतक बनाएपनि ४२ ओभरमा सबै विकेट गुमाएर एक सय ९५ रन बनाएको हो । एक सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।

">