साबिक विजेता आर्सनल गएराति साउथह्याम्पटनसँग पराजित भएपछि एफए कपको चौथो चरणबाट बाहिरिएको छ। आर्सनललाई साउथह्याम्पटनले १–० को नतिजामा हराएको हो। ">
साविक विजेता आर्सनल एफए कपबाट बाहिरियो
काठमाडौं। साबिक विजेता आर्सनल गएराति साउथह्याम्पटनसँग पराजित भएपछि एफए कपको चौथो चरणबाट बाहिरिएको छ।

आर्सनललाई साउथह्याम्पटनले १–० को नतिजामा हराएको हो। सुरुबाटै आक्रामक बनेको साउथह्याम्पटनले २४औंं मिनेटमा अग्रता लिएको थियो।

साउथह्याम्पटनको जितमा गाब्रियलले गरेको आत्मघाती गोल निर्णायक बन्यो। काइल वाल्कर–पिटर्सको क्रसलाई क्लियर गर्ने क्रममा आर्सनलका गाब्रियलले आफ्नै पोष्टमा गोल गरेका थिए।

आर्सलले सबैखाले खेलमा गरी पाँच सय आठ मिनेटपछि पहिलो गोल खाएको हो। त्यही गोलले आर्सनल एफए कपबाट बाहिरियो। यसअघि आर्सनल ६ खेलमा अपराजित रहेको थियो।

साउथह्याम्पटनले अब पाँचौं चरणमा प्रिमियर लिगकै अर्को उल्भरह्याम्पटनविरुद्ध प्रतिस्पर्धा गर्नेछ। उल्भरह्याम्पटनले चोर्लेलाई १–० ले पराजित गर्दै पाँचौं चरणमा स्थान पक्का गरेको थियो।

जारी सिजन लय समाएन संघर्ष गरिरहेको आर्सनल प्रिमियर लिगको ११औं स्थानमा छ। आर्सनलले १९ खेलबाट २७ अंक जोडेको छ। जुन शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा १३ अंकले पछाडी हो।

प्रतिक्रिया दिनुहोस्