काठमाडौं। करिम बेन्जेमाको दुई गोलप्रेरित रियाल मड्रिडले गएराति स्पेनिस ला लिगामा डेपोर्टिभो अलाभेसलाई ४–१ ले पराजित गरेको छ।
गत बुधबार रियाल तेस्रो श्रेणी लिगको क्लब एलकोयानासँग पराजित हुदै कोपा डेल रेबाट बाहिरिएको थियो।
रियालले गएराति भने कासेमिरोको गोलबाट १५औं मिनेटमा अग्रता लियो। ४१औं मिनेटमा बेन्जेमाले अग्रता दोब्बर बनाए। पहिलो हाफको अन्तिम मिनेटमा इडेन हाजार्डले तेस्रो गोल थपे।
५९औं मिनेटमा जोसेलुको गोलबाट अलाभेसले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन। ७०औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गरेपछि पाहुना टोली रियालले तीन अंक पक्का गरेको हो।
जितसँगै लिगको दोस्रो स्थानमा रहेको रियालले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक दुरी घटाएको छ। रियालले १९ खेलबाट ४० अंक जोडेको छ। एट्लेटिकोले १७ खेलबाट ४४ अंक जोडेको छ। १९ खेलबाट ३६ अंक जोडेको सेभिया तेस्रो स्थानमा छ।
सेभियाले गएराति काडिजलाई ३–० ले पराजित गरेको थियो। स्पेनिस ला लिगाको अन्य खेलमा रियाल सोसिडाडले रियाल बेटिससँग २–२ को बराबरी खेल्यो। भिल्लारियाल एसडी हुएस्कासँग गोलरहित बराबरीमा रोकिँदा लेभान्टे र रियाल भालाडोलिडले पनि २–२ को बराबरी खेले।
" /> काठमाडौं। करिम बेन्जेमाको दुई गोलप्रेरित रियाल मड्रिडले गएराति स्पेनिस ला लिगामा डेपोर्टिभो अलाभेसलाई ४–१ ले पराजित गरेको छ।गत बुधबार रियाल तेस्रो श्रेणी लिगको क्लब एलकोयानासँग पराजित हुदै कोपा डेल रेबाट बाहिरिएको थियो।

">