नाटकीय जितसहित म्यान्चेस्टर सिटी एफए कपको अर्को चरणमा

काठमाडौं। अन्तिम दश मिनेटमा तीन गोल गरेपछि म्यानचेस्टर सिटी गएराति भएको खेलमा जित निकाल्दै एफए कपको पाँचौं चरणमा पुगेको छ ।

प्रिमियर लिगको दोस्रो स्थानमा भएको सिटीले ५९औं मिनेटमा गोल खाएपछि १–० ले पछि परेको थियो । तेस्रो श्रेणी लिगको क्लब चेल्थेनहम टाउनले अल्फाइ मेको गोलबाट अग्रता लिएको थियो।

प्रिमियर लिगमा बुधबार एस्टन भिल्लालाई २–० ले पराजित गरेको टिममा सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले दश खेलाडी परिवर्तन गरेका थिए। वैकल्पिक खेलाडी जाओ कान्सेलोको क्रसमा फिल फोडानले ८१ औं मिनेटमा बराबरी गोल फर्काए।

फोडेनको सो गोलसँगै खेलमा सिटीले पडक जमाएको थियो। त्यसको तीन मिनेट बित्न नपाउँदै गाब्रियल जिससले गरेको गोलबाट सिटीले अग्रता लियो। अन्तिम मिनेटमा फेरान टोरेसले अर्को गोल थपेपछि सिटीको जित पक्का भएको हो।

सिटीले अब पाँचौं चरणमा स्वान्सी सिटीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्