काठमाडौं। सन्दीप जोरको अर्धशतकप्रेरित सशस्त्र प्रहरी बल (एपीएफ) ले आज प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई दुई सय १९ रनको लक्ष्य पेस गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले ४९.५ ओभारमा सबै विकेट गुमाएर दुई सय १८ रन बनाएको हो।
एपीएफका सन्दीपले ७६ बलमा पाँच चौका र दुई छक्कासहित ६० रन बनाएका छन्। सन्दीपबाहेक एपीएफका लागि अमर राउटेलाले ३१, सुवास खकुरेलले २३ तथा शंकर राना र भुवन कार्कीले समान १५ रन बनाए। वसन्त रेग्मीले १४, किशोर महतोले १३, सुमित महर्जनले १० रन बनाए।
कर्णालीका लागि अनुज चुनरा र रविन्द्र शाहीले तीन विकेट लिए। राज शाह र दिवान पुनले समान दुई विकेट लिए।
" /> काठमाडौं। सन्दीप जोरको अर्धशतकप्रेरित सशस्त्र प्रहरी बल (एपीएफ) ले आज प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई दुई सय १९ रनको लक्ष्य पेस गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले ४९.५ ओभारमा सबै विकेट गुमाएर दुई सय १८ रन बनाएको हो।

">