काठमाडौं। बोरुसिया डर्टमण्डले बुन्डेसलिगामा लगातार दोस्रो हार बेहोरेको छ। डर्टमण्ड गएराति छिमेकी प्रतिद्वन्द्वी बोरुसिया मोन्चेनग्लाडबचसँग ४-२ ले पराजित भएको हो।
निको एल्भेडीको गोलबाट मोन्चेनग्लाडबचले ११औं मिनेटमा अग्रता लिएको थियो। इर्लिङ हालान्डले २२औं मिनेटमा बराबरी गोल फर्काए। त्यसको ६ मिनेट नबित्दै हालान्डले गरेको गोलमा डर्टमण्डले अग्रता लिएको थियो।
३२औं मिनेटमा एल्भेडीले बराबरी गोल फर्काए। ४९औं मिनेटमा रामे बेन्सेबैनीले गरेको गोलबाट मोन्चेनग्लाडबचले पुनः अग्रता लियो। खेल सकिन १२ मिनेट बाँकी हुँदा मार्कुस थुरामले अर्को गोल थपेपछि घरेलु टोली मोन्चेनग्लाडबचको जित पक्का भएको थियो।
नतिजासँगै डर्टमण्ड पाँचौं स्थानमा झरेको छ। डर्टमण्डले १८ खेलबाट २९ अंक जोडको छ। जुन चौथो स्थानमा रहेको मोन्चेनग्लाडबचको भन्दा तीन अंक कम हो। त्यस्तै शीर्ष स्थानमा रहेको बायर्न म्युनिखभन्दा १० अंकले पछाडि हो। बायर्नले अझ एक खेल कम खेलेको छ।
डर्टमण्ड यसअघि बायर लेभरकुसेनसँग २-१ ले पराजित भएको थियो। डर्टमण्टले लगातार तीन खेलमा विजय हासिल गर्न सकेको छैन। मोन्चेनग्लाडबच भने लिगको पछिल्लो पाँच खेलमा पराजित भएको छैन। मोन्चेनग्लाडबचले एक खेल बराबरी खेलेको छ भने बाँकी चार खेलमा विजय हासिल गरेको छ।
" /> काठमाडौं। बोरुसिया डर्टमण्डले बुन्डेसलिगामा लगातार दोस्रो हार बेहोरेको छ। डर्टमण्ड गएराति छिमेकी प्रतिद्वन्द्वी बोरुसिया मोन्चेनग्लाडबचसँग ४-२ ले पराजित भएको हो।निको एल्भेडीको गोलबाट मोन्चेनग्लाडबचले ११औं मिनेटमा अग्रता लिएको थियो। इर्लिङ हालान्डले २२औं मिनेटमा बराबरी गोल फर्काए। त्यसको ६ मिनेट नबित्दै हालान्डले गरेको गोलमा डर्टमण्डले अग्रता लिएको थियो।

">