काठमाडौं। नेपाल पुलिस क्लबले आज राष्ट्रिय महिला फुटबल लिगमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० को फराकिलो विजय हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुलिस क्लबले २८ औं मिनेटमा रेखा पौडेलको गोलबाट अग्रता लिएको छ। ४० औं मिनेटमा अमृता जैशीले पुलिसको अग्रता दोब्बर बनाइन् । सृजना खड्काले ४५ औं मिनेटमा पुलिसका लागि तेस्रो गोल गरिन् ।
पहिलो हाफको अन्तिम मिनेटमा निर्मला बिकले अर्को गोल थप्दै पुलिस क्लबलाई ४-० को अग्रता दिलाइन् । ८९ औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल थपिन् । त्यसपछि अन्तिम मिनेटमा सिर्जनाले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ६-० को जित दिलाइन् ।
जितसँगै पुलिस क्लबले २ खेलमा ४ अंक जोडेको छ । पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा पुलिस क्लबले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।
प्रतियोगितामा चौदण्डीको यो पहिलो खेल हो ।
" /> काठमाडौं। नेपाल पुलिस क्लबले आज राष्ट्रिय महिला फुटबल लिगमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० को फराकिलो विजय हासिल गरेको छ।सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुलिस क्लबले २८ औं मिनेटमा रेखा पौडेलको गोलबाट अग्रता लिएको छ। ४० औं मिनेटमा अमृता जैशीले पुलिसको अग्रता दोब्बर बनाइन् । सृजना खड्काले ४५ औं मिनेटमा पुलिसका लागि तेस्रो गोल गरिन् ।

">