ह्याट्रिकमा मेसीको कीर्तिमान, बार्सिलोना शीर्ष स्थानमा
काठमाडौं।  छैटौं पटक बालोन डी’अर अवार्ड जितेका लियोनल मेसीले गयराति ह्याट्रिक गर्दै समर्थकसँग खुशी साटेका छन्।
मेसीको ह्याट्रिकप्रेरित बार्सिलोना मालोर्कालाई ५-२ ले हराउँदै स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
बार्सिलोनाले एन्टोइन ग्रिजम्यानको गोलबाट सातौं मिनेटमै अग्रता लिएको थियो।
त्यसको दश मिनेट वित्न नपाउँदै मेसीले अग्रता दोब्बर बनाए।
४१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका मेसीले खेल सकिन ७ मिनेट बाँकी छँदा ह्याट्रिक पुरा गरे।
बार्सिलोनाका लागि अर्को लुइस स्वारेजले ४३औं मिनेटमा गरेका थिए।
मालोर्काका लागि दुबै गोल एन्टे बुडिमिरले ३५ र ६४औं मिनेटमा गरेका थिए।
उनले ला लिगामा ३५ औं ह्याट्रिक गर्दै खेलको अन्य गरे। यससँगै उनले क्रिष्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन्। रोनाल्डो ला लिगामा ३४ ह्याट्रिक गरेका थिए।
जितसँगै बार्सिलोना लिगमा शीर्ष स्थानमा उक्लिएको छ। १५ खेलमा समान ३४ अंक भए पनि बार्सिलोनाले रियाल मड्रिडलाई गोलअन्तरमा पछि पारेको हो।
रियाल दोस्रो स्थानमा रहँदा सेभिया ३० अंकका साथ तेस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्