काठमाडौं। रोबर्ट लेवान्डोवस्कीको गोलमा बायर्न म्युनिखले औसबर्गलाई पराजित गर्दै जर्मन बुन्डेसलिगामा चार अंको स्पष्ट अग्रता लिएको छ।
लेवनडोवस्कीले १३औं मिनेटमा पेनाल्टीमा गरेको गोल साविक विजेता बायर्नको जितमा पर्याप्त भयो। औसबर्गका रानी खेडिराले लुकास हर्नान्डेजलाई फाउल गरेपछि बायर्नले पेनाल्टी अवसर पाएको थियो। जसलाई लेवान्डोस्कीले कुनै गल्ती नगरी गोलमा परिणत गरे।
पोल्यान्डका फरवार्ड लेवान्डोस्कीको जारी लिगमा यो २२औं गोल हो। ३२ वर्षे फरवार्ड लेवान्डोस्कीले बायर्नका लागि पछिल्ला ११ खेलमा १२ गोल गरिसकेका छन्। बायर्नले दोस्रो हाफमा अझ राम्रो प्रदर्शन गरे पनि गोल भने गर्न सकेन।
जितसँगै १७ खेलबाट ३९ अंक जोडेको बायर्न बुन्डेसलिगाको शीर्ष स्थानमा कायम छ। जुन दोस्रो स्थानको आरबी लेइप्जिगभन्दा चार अंकले माथि हो।
लेइप्जिगले गएराति नै युनियन बर्लिनलाई १–० ले पराजित गरेको थियो। जितसँगै १७ खेलबाट ३५ अंक जोडेको लेइप्जिग दोस्रो स्थानमा उक्लिएको हो।