काठमाडौं। युरोपियन महारथी रियाल मड्रिड गएराति कोपा डेल रेमा तेस्रो श्रेणीको क्लब एलकोयानासँग स्तब्ध भएको छ। दश खेलाडीमा सीमित बनेको एलकोयानाले रियाललाई २–१ ले पराजित गरेको हो।
जिनेदिन जिदानको रियालले ४५औं मिनेटमा मिलिटानोको गोलबाट अग्रता लिएको थियो। खेल सकिन दश मिनेट बाँकी हुँदा जोस सोल्बेसले बराबरी गोल फर्काएपछि खेल थप समयमा धकेलिएको थियो।
थप समयको २०औं मिनेटमा लोपेज ओलिभनले दोस्रो पहेंलो कार्डको सामना गरेपछि घरेलु टीम एलकोयना दश खेलाडीमा सीमित भएको थियो। तर रियाल मड्रिडले त्यसको फाइदा लिन सकेन। थपिएको ३० मिनेट सकिन पाँच मिनेट बाँकी हुँदा जुआनानले गोल गरेपछि रियाल स्तब्ध भएको थियो।
‘‘आज जे भयो र भोलि जे हुन्छ ती सबैको जिम्मेवारी म लिन्छु,’’ कोपा डेल रेको अन्तिम ३२ बाट बाहिरिएपछि रियालका प्रशिक्षक जिदानले भने।
जिदानको प्रशिक्षणमा रियालले तीन पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ। उनकै प्रशिक्षणमा रियालले गत सिजन स्पेनिस ला लिगाको उपाधि जितेको थियो। तर जारी सिजन रियाल लिगमा शीर्ष क्लब एट्लेटिको मड्रिडभन्दा चार अंकले पछाडि छ। एट्लेटिको अझ दुई खेल कम खेलेको छ।
रियालले यसअघि १९ पटक कोपा डेल रेको उपाधि जितिसकेको छ। तर पछिल्लो सात वर्ष रियालले कोपा डे रेको उपाधि चुम्न सकेको छैन।

">