काठमाडौं। इडिसन काभानी र पाउल पोग्बाको गोलमा म्यानचेस्टर युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै गएराति फुलह्याममाथि २–१ को विजय हासिल गरेको छ।
जितसँगै युनाइटेड पुनः इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
एडेमोला लुकम्यानको गोलबाट फुलह्यामले पाँचौं मिनेटमा अग्रता लिएको थियो। पाहुना टोली युनाइटेडका फरवार्ड काभानीले २१औं मिनेटमा बराबरी गोल फर्काए।
खेलको ६५औं मिनेटमा पोग्बाले गरेको उत्कृष्ट गोल युनाइटेडको जितमा निर्णायक बन्यो। यससँगै युनाइटेडले जारी सिजन आठौं अवे खेलमा विजय हासिल गर्न सफल भयो।
‘‘पोग्बाले आज गरेको प्रदर्शनबाट म खुशी छु,’’ पोग्बाको प्रशंसा गर्दै युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने, ‘‘उनले के गर्न सक्छन्, त्यो मलाई थाहा छ। अहिले उनी उत्कृष्ट लयमा छन्। उनी शारीरिक र मानसिक दुबैमा फिट छन्।’’
जितसँगै युनाइटेडले १९ खेलबाट ४० अंक जोडेको छ। यससँगै युनाइटेड पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति लेस्टर सिटीले चेल्सीमाथि २–० को विजय हासिल गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको थियो। लेस्टर सिटी तेस्रो स्थानमा झरेको छ।
लेस्टरले १९ खेलबाट ३८ अंक जोडेको छ। लेस्टरको युनाइटेडको भन्दा दुई अंक कम र दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग बराबरी अंक छ। सिटीले एक खेल कम खेलेको छ।
‘‘आधा सिजन सकिँदा लिगको शीर्ष स्थानमा हुन पाउँनु खुशीको कुरा हो। तर हामीले यसलाई धेरै महत्व दिएका छैनौं। हामी एक समय एक खेलको बारेमा मात्र सोच्छौं,’’ युनाइटेडका प्रशिक्षक सोल्सायरले थपे, ‘‘यो साँच्चिकै अनुमान गर्न नसकिने सिजन छ।’’
१८ खेलबाट १२ अंक जोडेको फुलह्याम भने रेलिगेशन क्षेत्रमा यथावत छ। जुन रेलिगेशनभन्दा माथिको क्लब बर्नलीको भन्दा चार अंकले पछाडि हो।