काठमाडौं। त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक राजु तामाङले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरीमा खेल्नु परेको बताए। राष्ट्रिय महिला फुटबल लिगमा आज त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेल्यो।
पहिलो हाफमा पाएको केही राम्रा अवसर तथा अन्तिम मिनेटमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको हो। दशरथ रंगशालमा सम्पन्न उद्घाटनमा उपाधिको दाबेदार मानिएका त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले अंक बाँडेका हुन्।
‘‘सुरूमा केही राम्रा अवसर सिर्जना गरेका थियौं। तर गोल गर्न चुक्यौं। फिनिसिङमा समस्या देखियो,’’ त्रिभुवन आर्मीका प्रशिक्षक राजु तामाङले भने, ‘‘तीन विभागीय टिमलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ। अंक लिन पाएको भए राम्रो हुन्थ्यो तर बराबरीमा पनि हामी सन्तुष्ट छौं।’’
नेपाल पुलिस क्लबबाट डेब्यू गरेकी रेखा पौडेलले पनि गोलका केही राम्रा अवसर खेर फालिन्। रेखा २७औं मिनेटमा सुनकला राईको स्थानमा मैदान छिरेकी थिइन्।
यसअघि रेखा सशत्र प्रहरी बल (एपीएफ) बाट खेल्दै आएकी थिइन्। रेखाले ६४औं मिनेट र खेल सकिन चार मिनेट बाँकी हुँदा पाएको अवसर खेर फालेकी थिइन्। पुलिस क्लबबाट रेखासँगै पुजा राना र सपना राईले पनि डेब्यू गरे। पुजा यसअघि त्रिभुवन आर्मी क्लबमा थिइन् भने सपनाले रौतहटबाट खेलेकी थिइन्।
पुलिस क्लब सञ्जिव जोशीले पनि बराबरीमा सन्तुष्ट रहेको बताए। उनले थपे, ‘‘आज दुवै टिमको सम्भावना बराबर थियो। जसले पहिला गोल गर्यो उसैले जित्ने सम्भावना थियो। तर दुवै टिमले गोल गर्न सकेन।’’
त्रिभुवन आर्मीका प्रशिक्षक राजुले प्रतियोगितामा राम्रो तयारी गर्न नपाएका कारण पनि प्रदर्शनमा असर परेको बताए। उनले थपे, ‘‘यस प्रतियोगताका लागि हामीले राम्रो तयारी गर्न पाएनौं। ४५ दिनमात्र हामीले तयारी गर्यौं। लामो समयपछि खेलेका कारण पनि खेलाडीमा तालमेल हुन सकेन। मुख्य रूपमा स्ट्राइकरले अवसर सदुपयोग गर्न सकेनन्।’’
गत फागुनमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगको फाइनलपछि दशरथ रंगशालामा फुटबल खेल भएको यो पहिलो पटक हो। महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा भए पनि बाँकी खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुनेछ।
" /> काठमाडौं। त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक राजु तामाङले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरीमा खेल्नु परेको बताए। राष्ट्रिय महिला फुटबल लिगमा आज त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेल्यो।पहिलो हाफमा पाएको केही राम्रा अवसर तथा अन्तिम मिनेटमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको हो। दशरथ रंगशालमा सम्पन्न उद्घाटनमा उपाधिको दाबेदार मानिएका त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले अंक बाँडेका हुन्।

">