काठमाडौं। शुभमन गिल, ऋषभ पन्त तथा चेतेश्वर पुजाराको शान्त, संयमित र जिम्मेवारपूर्ण पारीका कारण भारतले ब्रिसबेनको चौथो टेस्टमा अस्ट्रेलियाविरुद्ध स्मरणीय जित दर्ता गरेको छ। यससँगै चार टेस्ट म्याच शृंखलामा भारतले २-१ ले जितेको छ र बोर्डर-गावसकर ट्रफीमा आफ्नो हक कायम गरेको छ।
ब्रिसबेनमा भएको चौथो टेस्टमा जितका लागि भारतलाई ३२८ रनको लक्ष्य मिलेको थियो, जसलाई भारतले पूरा गरेको थियो। भारतीय पारीका नायक ऋषभले अन्तिमसम्मै मोर्चा सम्हालेर राखे र विजयी सट पनि हाने। उनले ८९ रन बनाए। शुभमनले ९१ र चेतेश्वरले ५६ रन बनाए।
चार टेस्ट म्याचको शृंखलामा पहिलो टेस्ट अस्टे«लियाले जितेको थियो, दोस्रोमा भारतको कब्जा रह्यो। तेस्रो टेस्ट ड्र भएको थियो।
यो टेस्टमा अस्ट्रेलियको पहिलो पारीमा लाबुसनेको शतक निकै स्मरणीय रह्यो। भारतका लागि पहिलो पारी कम अनुभवी खेलाडीले गरेको योगदानले स्मरणीय बन्न पुग्यो।
एजेन्सी
" /> काठमाडौं। शुभमन गिल, ऋषभ पन्त तथा चेतेश्वर पुजाराको शान्त, संयमित र जिम्मेवारपूर्ण पारीका कारण भारतले ब्रिसबेनको चौथो टेस्टमा अस्ट्रेलियाविरुद्ध स्मरणीय जित दर्ता गरेको छ। यससँगै चार टेस्ट म्याच शृंखलामा भारतले २-१ ले जितेको छ र बोर्डर-गावसकर ट्रफीमा आफ्नो हक कायम गरेको छ।ब्रिसबेनमा भएको चौथो टेस्टमा जितका लागि भारतलाई ३२८ रनको लक्ष्य मिलेको थियो, जसलाई भारतले पूरा गरेको थियो। भारतीय पारीका नायक ऋषभले अन्तिमसम्मै मोर्चा सम्हालेर राखे र विजयी सट पनि हाने। उनले ८९ रन बनाए। शुभमनले ९१ र चेतेश्वरले ५६ रन बनाए।

">