काठमाडौं। इटालियन सिरी ए फुटबलमा एसी मिलान विजयी भएको छ । गएराति भएको खेलमा उपाधि होडमा एसी मिलानले काग्लिएरीमाथि २–० को जित निकालेको हो ।
काग्लिएरीको मैदानमा १० खेलाडीमा सीमित भएको एसी मिलानका लागि दुवै गोल जाल्टन इब्राहिमोभिचले गोल गरे । खेलको सातौं मिनेटमा नै पाएको पेनाल्टीमा गोल गर्दै उनले टिमलाई अग्रथता दिलाएका थिए ।
पहिलो हाफमा १–० ले अघि रहेको एसी मिलानका लागि ५२ औं मिनेटमा इब्राहिमोभिचले व्यक्तिगत दोस्रो गोल गरेपछि एसी मिलान २–० ले विजयी भयो ।
खेलको ७४ औं मिनेटमा साएलेमाएकर्स दोहारो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एसी मिलान १० खेलाडीमा सीमित भएको थियो ।
जितपछि शीर्ष स्थानको एसी मिलानको १८ खेलबाट ४३ अंक बनाएको छ र दोस्रो स्थानको इन्टर मिलानसँग स्पष्ट तीन अंकको अग्रता बनाएको छ ।