काठमाडौं । एसडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।
लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको पहिलो दिन टोखा नगरपालिका वडा नम्वर ६ र वडा नम्वर ७ ले १–१ को बराबरी खेले । टोखाको भूतखेल मैदानमा ६ नम्बर वडाका कृष्ण गुरुङले गोल गरेका थिए । ७ नम्बर वडाका समिर गुरुङले पेनाल्टीमा बराबरी गोल फर्काए । समिरले पेनाल्टी गोल गर्न चुक्दा ६ नम्बर वडा जितबाट वञ्चित बन्यो ।
प्रतियोगितामा टोखा नगरपालिकाका ११ मध्ये ७ वटा वडाको सहभागिता छ । प्रतियोगिता माघ १३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुनेले ३५ हजार रूपैयाँ पुरस्कार जित्नेछन् ।
विधागत रूपमा उत्कृष्ट खेलाडीले समान ५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
" /> काठमाडौं । एसडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको पहिलो दिन टोखा नगरपालिका वडा नम्वर ६ र वडा नम्वर ७ ले १–१ को बराबरी खेले । टोखाको भूतखेल मैदानमा ६ नम्बर वडाका कृष्ण गुरुङले गोल गरेका थिए । ७ नम्बर वडाका समिर गुरुङले पेनाल्टीमा बराबरी गोल फर्काए । समिरले पेनाल्टी गोल गर्न चुक्दा ६ नम्बर वडा जितबाट वञ्चित बन्यो ।

">