काठमाडौं । पृथु बास्कोटा र आदिल खानको अर्धशतक तथा रामनरेश गिरीको चार विकेटप्रेरित बागमती प्रदेशले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई एक सय ८० रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पृथुले ८४ तथा आदिलले ६३ रन बनाएपछि बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ९९ रन बनाएको थियो ।
रामनरेशले पाँच ओभरमा ३२ रन दिएर चार विकेट लिएपछि तीन सय रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २१ ओभरमा एक सय १९ रन बनाउँदा सबै विकेट गुमायो । बागमती प्रदेशको यो लगातार दोस्रो जित हो । बागमतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गरेको थियो । जितसँगै बागमती प्रदेश चार अंकका साथ समूह ‘बी’को शीर्ष स्थानमा छ ।
रामनरेशले कसिलो बलिङ गरेपछि सुदूरपश्चिमको अग्रपंक्ति धरासायी भएको थियो । सुदूरपश्चिमले चार रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो । सुदूरपश्चिमका गजेन्द्र बोहरा, अर्जुन ऐरी, सञ्जु धामी र खडक बोहराले रनको खाता खोल्न सकेन भने सन्तोष भट्ट दुई रन बनाएर पवेलियन फर्किए ।
त्यसपछि अर्जुन साउद र किरण ठगुन्नाले छैटौं विकेटका लागि ५९ रनको साझेदारी गरे । १४.१ ओभरमा अर्जुन आउट भएपछि सुदूरपश्चिमले निरन्तर विकेट गुमायो ।
अर्जुनले ३१ तथा किरणले २४ रन बनाए । नारायण जोशी भने ४४ रनमा अविजित रहे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बागमतीका रामनरेशबाहेक नन्दन यादवले दुई विकेट लिए । त्यसबाहेक दीपेश श्रेष्ठ, तिलक भण्डारी र विपिन आचार्यको नाममा एक-एक विकेट रह्यो ।
त्यसअघि बागमतीका लागि पृथुले ८४ रन बनाउने क्रममा ९४ बलमा १० चौका र दुई छक्का प्रहार गरे । आदिलले ८६ बलमा दश चौका हाने । विपिन आचार्य र कप्तान ज्ञानेन्द्र मल्लले समान ३२ रन बनाए । इशान पाण्डेले १७ तथा आकाश थापाले १३ रन जोडे । रामनरेश दश रनमा अविजित रहेका थिए । रामनरेश म्यान अफ दी म्याच घोषित भए ।
सुदूरपश्चिमका नारायण जोशीले तीन विकेट लिए । भोजराज भट्ट र सन्तोष भट्टले समान दुई विकेट लिँदा विनोद लामाको नाममा एक विकेट रह्यो ।
" /> काठमाडौं । पृथु बास्कोटा र आदिल खानको अर्धशतक तथा रामनरेश गिरीको चार विकेटप्रेरित बागमती प्रदेशले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई एक सय ८० रनले पराजित गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पृथुले ८४ तथा आदिलले ६३ रन बनाएपछि बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ९९ रन बनाएको थियो ।

">