काठमाडौं। विशाल पौडेलले ह्याट्रिक गरेको खेलमा गण्डकी प्रदेशले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ दुई विकेटले पराजित गरेको छ।
विशालले ह्याट्रिक गरेपछि टस जितेर ब्याटिङ गरेको प्रदेश एकले २७.४ ओभरमा सबै विकेट गुमाएर १०२ रन बनाएको थियो। १०३ रनको लक्ष्य गण्डकीले ३७ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो।
प्रतियोगिताको समूह ‘ए’ मा गण्डकीको यो पहिलो जित हो। पहिलो खेलमा गण्डकी विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग ९७ रनले पराजित भएको थियो। प्रदेश १ को भने यो दोस्रो लगातार दोस्रो हार हो। यसअघि प्रदेश १ एपीएफ क्लबसँग १३५ रनले पराजित भएको थियो।
विशालले २७.२ ओभरमा राजन मगरलाई राहुल उपाध्यायमार्फत क्याच गरेका थिए। तेस्रो बलमा मनोज तामाङलाई एलबीडब्यू आउट गरेका विशालले चौथो बलमा हेमन्त राई पनि एलबीडब्यू आउट गरेका हुन्।
विशालले ६.४ ओभरमा २५ रन दिएर चार विकेट लिए। विशालसँग सुभाष भण्डारीले पनि सात ओभरमा चार मेडन राख्दै १८ रन दिएर चार विकेट लिए। विशाल र सुभाषलाई विपिन खत्रीले दुई विकेट लिएर साथ दिए।
प्रदेश १ का लागि सिद्धान्त लोहनीले सबभन्दा २४ रन बनाए। मनिष थापाले २२, शुभांकर उराओले १२ र दीपक पासवानले ११ रन बनाए। दीपक कँडेलले १० रन बनाए।
१०३ रनको लक्ष्य पूरा गर्नेक्रममा गण्डकीका अर्जुन कुमाल र दीपक डुम्रेले समान ३५ रन बनाए। अभिशेक थापाले अविजित १३ रन बनाए। विपिन खत्रीले आठ तथा दीनेश बुढामगरले सात रन बनाए।
प्रदेश १ का मनिष र शुभांकरले समान दुई विकेट लिए भने हेमन्त राईको नाममा एक विकेट रह्यो।
" /> काठमाडौं। विशाल पौडेलले ह्याट्रिक गरेको खेलमा गण्डकी प्रदेशले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ दुई विकेटले पराजित गरेको छ।विशालले ह्याट्रिक गरेपछि टस जितेर ब्याटिङ गरेको प्रदेश एकले २७.४ ओभरमा सबै विकेट गुमाएर १०२ रन बनाएको थियो। १०३ रनको लक्ष्य गण्डकीले ३७ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो।

">