काठमाडौं। इङ्ल्यान्डले श्रीलंकाविरुद्धको पहिलो टेस्ट सात विकेटले जितेको छ। जितसँगै दुई खेलको टेस्ट शृंखलामा इङ्ल्यान्डले १-० को अग्रता लिएको छ।
७४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३८/३ को स्थितिबाट चौथो दिन थालेको थियो। चौथो दिन सुरू गर्दा जोनी बेयरिष्टो ११ र डन लरेन्स सात रनको स्थितिमा थिए।
बेयरिष्टोले अविजित ३५ तथा लरेन्सले अविजित २१ रन बनाएपछि इङ्ल्यान्ड सात विकेटले विजयी भएको हो।
त्यसअघि लहिरु थिरिमानेले १११ तथा एन्जेलो म्याथ्युजले ७१ रन बनाएपछि घरेलु टिम श्रीलंकाले दोस्रो इनिङमा ३५९ रन बनाएको थियो। श्रीलंकाले पहिलो इनिङमा १३५ रन बनाएको थियो।
कप्तान जो रुटले २२८ रन बनाएपछि पाहुना टोली इङ्ल्यान्डले पहिलो इनिङमा ४२१ रन बनाएको थियो।
" /> काठमाडौं। इङ्ल्यान्डले श्रीलंकाविरुद्धको पहिलो टेस्ट सात विकेटले जितेको छ। जितसँगै दुई खेलको टेस्ट शृंखलामा इङ्ल्यान्डले १-० को अग्रता लिएको छ।७४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३८/३ को स्थितिबाट चौथो दिन थालेको थियो। चौथो दिन सुरू गर्दा जोनी बेयरिष्टो ११ र डन लरेन्स सात रनको स्थितिमा थिए।

">