इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर र म्यान्चेस्टर सिटी विजयी भएका छन्। गएराति भएको खेलमा शानदार जित निकाल्दै म्यानचेस्टर सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ४–० हराएको हो । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल थप्यो ।
सिटीका लागि खेलको २६ औं मिनेटमा नै जोन स्टोन्सले गोल गर्दै अग्रता दिलाएका थिए ।
खेलको ५६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै अग्रता दोब्बर पारे भने ६८ औं मिनेटमा जोन्सले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३–० मा पु¥याए। खेलको ८८ औं मिनेटमा रहिम स्ट्रर्लिङ्गले गोल गरेपछि सिटी ४–० ले विजयी भयो ।
जितपछि दोस्रो स्थानमा पुगेको म्यानचेस्टर सिटीको १७ खेलबाट ३५ अंक भएको छ ।
गएराति नै भएको अर्को खेलमा टोटनह्यामले शेफिल्ड युनाइटेडलाई ३–१ ले हराएको छ । जितपछि पाँचौं स्थानमा पुगेको टोटनह्यामको १८ खेलबाट ३३ अंक भएको छ ।
प्रिमियर लिग फुटबल अन्तर्गत गएराति नै भएको अर्को खेलमा शीर्ष स्थानको म्यानचेस्टर युनाइटेड र लिभरपुलले गोरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
घरेलु मैदानमा बराबरीमा रोकिएपछि लिभरपुलले शीर्ष स्थानमा अंक बराबरी गर्ने मौका गुमाएको छ ।
बराबरीपछि म्यानचेस्टर युनाइटेडको १८ खेलबाट ३७ अंक छ भने लिभरपुल समान खेलबाट ३४ अंक जोडेर चौथो स्थानमा झरेको छ ।

">