काठमाडौं। ओपनर अनिलकुमार मण्डलको ८९ रन बनाएपछि त्रिभुवन आर्मी क्लबले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको छ।
अनिलले ८९ रन बनाएपछि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४३.१ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको हो।
सुशन भारीले ८.३ ओभरमा तीन मेडनसहित १९ रन दिएर चार विकेट लिएपछि १९६ रनको लक्ष्य पछ्याएको कर्णालीले ३३.३ ओभरमा ११५ रन बनाउँदा सबै विकेट गुमायो।
त्रिभुवन आर्मी क्लबको यो लगातार दोस्रो जित हो। समूह ‘ए’ मा रहेको आर्मीले यसअघि गण्डकी प्रदेशलाई ९७ रनले पराजित गरेको थियो।
अनिलले ११४ बलमा १४ चौकासहित ८९ रन बनाएका हुन्। अनिलले कप्तान विनोद भण्डारीसँग चौथो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए। त्रिभुवन आर्मीले सुरूमै तीन विकेट गुमाएको थियो।
राजु रिजालले रनको खाता खोल्न सकेनन् भने रोहितकुमार पौडेल ११ रन बनाएर पवेलियन फर्किए। हरि चौहान सात रनमा आउट भए। १२.१ ओभरमा हरि आउट हुँदा त्रिभुवन आर्मी क्लब ४२/३ को स्थितिमा थियो।
त्यसपछि अनिल र कप्तान विनोदले आर्मीको इनिङ उकासे। विनोद ३३.१ ओभरमा आउट हुँदा आर्मीले १५७ रन बनाएको थियो। विनोदले ४१ रन बनाए।
भीम सार्कीले पनि रनको खाता खोल्न सकेनन्। राजेश पुलामीमगरले १६ र लोकेश बमले १३ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवान पुनले समान दुई विकेट लिए। अनुज चुनरा, रवीन्द्र शाही र यनिष सिंहको नाममा एक/एक विकेट रह्यो।
कर्णाली प्रदेशका लागि कप्तान रविन्द्र शाहीले सबभन्दा धेरै ३० रन बनाए। त्यसबाहेक हेमन्त ओलीले १६, दिनेश अधिकारीले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
त्रिभुवन आर्मीका सुशनबाहेक शाहब आलमले तीन विकेट लिए। रोहितकुमार पौडेलले दुई तथा हरि चौहानले एक विकेट लिए।
" /> काठमाडौं। ओपनर अनिलकुमार मण्डलको ८९ रन बनाएपछि त्रिभुवन आर्मी क्लबले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको छ।अनिलले ८९ रन बनाएपछि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४३.१ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको हो।

">