काठमाडौं। भारतविरुद्धको चौथो टेस्टमा तेस्रो दिन सकिँदा घरेलु टिम अस्ट्रेलियाले ५४ रनको अग्रता लिएको छ।
भारतले पहिलो इनिङमा ३३६ रन बनाउँदा सबै विकेट गुमायो। त्यसपछि ब्याटिङ थालेको अस्ट्रेलियाले दोस्रो इनिङमा २१ रन बनाएर खेलिरहेको छ। त्यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ रन बनाएको थियो।
भारतले ६२/२ को स्थितिबाट तेस्रो दिनको सुरूआत गरेको थियो। पाहुना टोलीका चेतेश्वर पुजरा आठ र कप्तान अजिन्क्या रहाने दुई रनको अवस्थामा थिए। पुजराले २५ रन बनाए भने रहानेले ३७ रन जोडे।
रिसब पन्तले २३ तथा मयांक अग्रवालले ३८ रन बनाए। रिसब आउट हुँदा भारत १८६/६ को स्थितिमा थियो। त्यसपछि वासिङ्टन सुन्दर र शार्दुल ठाकुरले भारतको इनिङ उकासे। दुई जनाले सातौं विकेटका लागि १२३ रनको साझेदारी गरे।
बासिङ्टन सुन्दरले ६२ तथा शार्दुलले ६७ रन बनाए। मोहम्मद सिराजले १३ रन बनाए।
अस्ट्रेलियाका लागि जोश हाज्लेउडले पाँच विकेट लिए। मिचेल स्टार्क र पाट कुमिन्सले समान दुई विकेट लिए भने नाथन लियोनको नाममा एक विकेट रह्यो।
तेस्रो दिन सकिँदा अस्ट्रेलिया २१/० को स्थितिमा छ। अस्ट्रेलियाका ओपनर डेबिड वार्नर २० तथा मार्कुस ह्यारिस एक रन बनाएर क्रिजमा छन्।
" /> काठमाडौं। भारतविरुद्धको चौथो टेस्टमा तेस्रो दिन सकिँदा घरेलु टिम अस्ट्रेलियाले ५४ रनको अग्रता लिएको छ।भारतले पहिलो इनिङमा ३३६ रन बनाउँदा सबै विकेट गुमायो। त्यसपछि ब्याटिङ थालेको अस्ट्रेलियाले दोस्रो इनिङमा २१ रन बनाएर खेलिरहेको छ। त्यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ रन बनाएको थियो।

">