प्रिमियर लिगमा आज म्यानचेस्टर डर्बी भिडन्त
काठमाडाैं। इङ्लिस प्रिमियर लिगमा आज म्यानचेस्टरका दुई प्रतिद्वन्द्वी क्लब सिटी र युनाइटेड भिड्दैछन्।

सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा राति सवा ११ बजे यो खेल हुनेछ।

जारी सिजनको १६औं यो खेल खेलिरहँदा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी उपाधि रक्षाको सम्भावना जीवित बनाइराख्न शतप्रतिशत नतीजाका लागि प्रयासरत हुनेछ।

लिग तालिकामा ३२ अंकसहित तेस्रो स्थानमा रहेको सिटी लिग लिडर लिभरपुलभन्दा ११ अंक पछाडि छ।

युनाइटेड भने २१ अंकका साथ छैटौं स्थानमा छ।

आजै शीर्षस्थानमा रहेको लिभरपुलले पौने नौ बजे बर्नमाउथको घरेलु मैदानमा खेल्नेछ।

चौथो स्थानको चेल्सीले भने सवा ६ बजे एभर्टनविरुद्ध गुडसन पार्कमा खेल्दैछ।

प्रतिक्रिया दिनुहोस्