पीएसजी फ्रेन्च लिग वानको शीर्ष स्थानमा उक्लियो

काठमाडाैं। पेरिस सेन्ट–जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा एङ्गर्सलाई १–० ले पराजित गर्दै पीएसजी शीर्ष स्थानमा पुगेको हो ।

एङ्गर्सको मैदानमा भएको खेलमा पीएसजीका लागि खेलको ७० औं मिनेटमा कुर्जावाले निर्णायक गोल गरे ।

जितपछि शीर्ष स्थानमा पुगेको पीएसजीको २० खेलबाट ४२ अंक भएको छ भने लियोन १९ खेलबाट ४० अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्