काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी महत्वपूर्ण जीतसहित दोस्रो स्थानमा उक्लिएको छ ।
शीर्ष स्थानको होडमा रहेको लेस्टर सिटीले गएराति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनलाई २–० ले पराजित गरेको हो । लेस्टरको जितमा जेम्स म्याडिसन र हार्भी बार्नेसले एक एक गोल गरे ।
खेलको ३७ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा बार्नेसले गोल गरेपछि लेस्टर सिटी २–० ले विजयी भयो ।
जितपछि दोस्रो स्थानमा उक्लिएको लेस्टर सिटीको १८ खेलबाट ३५ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडको ३६ अंक छ ।
गएराति नै भएको अर्को खेलमा चेल्सीले कठिन जीत निकालेको छ । चेल्सीले फुलह्यामलाई १–० ले पराजित गरेको हो । चेल्सीको जितमा मासन माउन्टले निर्णायक गोल गरे ।
यो जितपछि चेल्सी १८ खेलबाट २९ अंक सहित लिगको छैटौं स्थानमा उक्लिएको छ । गएराति नै भएका अन्य खेलमा ब्राइटनले लीड्स युनाइटेडलाई तथा वेष्ट ह्यामले बर्नलीलाई १–० ले पराजित गरेका छन् ।