काठमाडौं। त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र पविन लिन्थेपको जोडी योनेक्स सनराईज पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पुरुष युगलको फाइनल प्रवेश गरेको छ।
क्वर्टफाइनलमा एपीएफका दीपेश धामी र बिजित थापामगरको जोडीलाई पराजित गरेको सुरोज र पविनको जोडीले सेमिफाइनलमा त्रिभुवन आर्मीकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई हराएर फाइनलमा स्थान बनाएको हो।
सुरोज र पविनको जोडीले त्रिभुवन आर्मीकै नविन श्रेष्ठ र रत्नजित तामाडको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। रत्न र नविनको जोडीले बाँकेका ईरफान अन्सारी र धादिङ्गका सुदीप सेंढाईको जोडीमाथी २१–१० र २१–१६ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो।
वरियताबाहेकको पुरुष एकलमा कैलालीका देवराज राना र सेनाका दिवस शंकर उपाधीका लागि भिड्ने भएका छन्। देवराजले त्रिभुवन आर्मीका डेभिड थापामगरलाई २४–२२ र २१–१८ को सेटमा हराएको थियो भने शंकरले एपीएफका भेट्रान खेलाडी इन्द्रबहादुर महतालाई २१–६ र २१–१२ को सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेको हो। ्
वरियताबाहेक महिलातर्फको एकल प्रतिस्पर्धामा कैलालीकी प्राथना देउवा, बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेलाई २१–१२, २०–२२ र २१–१९ ले हराइन्। प्राथनाले अब उपाधिका लागि झापाकी अञ्जना राईसँग प्रतिस्पर्धा गर्नेछिन्। अञ्जनाले एपीएफकी प्रेक्षा राईलाई २१–१३ र २१–११ ले हराएकी थिइन्।
यु–१७ पुरुष एकल स्पर्धामा त्रिभुवन आर्मीका भोजबहादुर गुरुङ्ग र आयुष्मान नागरी उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। यु–१७ महिलातर्फ राष्टिय च्याम्पियन त्रिभुवन आर्मीकी रशिला महर्जनले कैलालीका एलिना तिरवालाई २१–३ र २१–१ को सेटमा हराइन्। रशिलाले अब उपाधिका लागि बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेसँग प्रतिस्पर्धा गर्नेछिन्। रोजले कैलालीकी प्राथना देउवालाई २१–१८ र २१–१९ को सोझो सेटमा पराजित गरेकी हुन्।