इङ्ल्यान्डविरुद्ध श्रीलंकाको संघर्ष
काठमाडौं। लहिरु थिरिमानेले अविजित ७६ रन बनाएपनि इङ्ल्यान्डबिरुद्धको पहिलो टेष्टको तेस्रो दिन सकिँदा श्रीलंका संघर्षरत छ।

तेस्रो दिनको समाप्तिमा श्रीलंका अझै १३० रनले पछाडि छ। दोस्रो इनिङमा घरेलु टीम श्रीलंका १५६/२ को स्थितिमा छ।
इङ्ल्यान्डले ३२०/४ को स्थितिबाट तेस्रो दिनको खेल सुरु गरेको थियो। इङ्ल्यान्डका कप्तान जो रुट १६८ र जोस बट्लर ७ रनको स्थितिमा थिए। रुटले २२८ रन बनाएपछि इङ्ल्यान्डले पहिलो इनिङमा ४२१ रन बनायो। बट्लर ३० रनमा पवेलियन फर्किए। इङ्ल्यान्डको तल्लोक्रमका ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

श्रीलंकाका दिलरुवान परेराले ४, लसिथ इमबुलदेनियाले ३ र असिथ फर्नान्डोले २ विकेट लिए। पहिलो इनिङमा श्रीलंका २८६ रनले पछाडि परेको थियो।

दोस्रो इनिङमा श्रीलंकाका ओपनर कुशल परेरा र लहिरु थिरिमानेले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गरेका थिए। परेराले ६२ बनाए। थिरिमाने ७६ रनमा अविजित छन्। कुशल मेन्डिस ७६ रन बनाएर आउँट भए।

इङ्ल्यान्डका साम कुरान र ज्याक लेचले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्