काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्ल, बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा नियुक्त भएका छन्।
बागमती प्रदेश समाजिक विकास मन्त्रालयले नेपाली क्रिकेटको विकास र विस्तारमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै प्रदेश खेलकुद विकास परिषदको सदस्य पद्मा नियुक्त गरेको हो। नेपाल क्रिकेट संघ (क्यान) का सदस्य छुम्बी लामाका अनुसार कप्तान मल्लको कार्यकाल पाँच वर्षको हुनेछ।
प्रदेश खेलकुद विकास परिषदमा एक अन्तर्राष्ट्रिय खेलाडी हुनुपर्ने ब्यबस्थाअनुसार बागमती प्रदेशले मल्ललाई नियुक्त गरेको हो।
बागमती प्रदेशले शनिबार काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा खेल्ने बागमती प्रदेश टीमलाई खेल सामाग्री प्रदान गरेको छ। बागमती प्रदेशले क्रिकेट टीमलाई म्याच फी वापत दैनिक २ हजार रुपैयाँ दिने जनाएको छ।
त्यस्तै खेलाडीलाई प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री कपमा शतक बनाउने खेलाडीलाई १० हजार, अर्धशतक बनाउने र एकै इनिङमा पाँच विकेट लिने खेलाडीलाई समान ५ हजार र तीन विकेट लिने खेलाडीलाई ३ हजार रुपैयाँ दिने जनाएको छ।