कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ का कप्तान सिद्धान्त लोहनीले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए।
आसिफले ५९ रन बनाएपछि पहिले ब्याटिङ थालेको एपीएफले ४८.४ ओभरमा सबै विकेट गुमाएर २४३ रनको योगफल बनाएको थियो। अभिनाषले १० ओभरमा ६ मेडनसहित १८ रन दिएर पाँच विकेट लिएपछि प्रदेश १ ले ४२.४ ओभरमा सबै विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो।
आसिफले ३२ बलमा ६ चौका र पाँच छक्का प्रहार गरेका थिए। आसिफले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ७१ रनको साझेदारी गरे। सुवास खकुरेलले १९ रन जोडे।
आसिफबाहेक एपीएफका लागि वसन्त रेग्मीले ४० रन बनाए। वसन्तले ५२ बलमा चार चौका र दुई छक्का प्रहार गरे।
सन्दीप जोराले ३० तथा कप्तान शरद भेषावकरले २० रन बनाए। सुमित महर्जनले १४, भुवन कार्की र प्रदीप ऐरीले समान ७ रन बनाए। किशोर महतोले १९ र कमलसिंह ऐरीले पाँच रन बनाउँदा अविनाश बोहरा ६ रनमा अविजित रहे।
प्रदेश १ का फिरदोष अन्सारी, दीपेश कँडेल र हेमन्त राईले समान दुई विकेट लिए भने जोसक खड्का र सोनु मण्डलले १/१ विकेट लिए।
२४४ रनको लक्ष्य पछ्याएको प्रदेश एकका लागि मनिष थापाले सबभन्दा धेरै १८ रन बनाए। फिरदोष अंसरीले १७, दीपेश कँडेलले १६, दीपक पासवानले १३, जोशक खड्काले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अभिनाषबाहेक बसन्त रेग्मीले दुई विकेट लिए। किशोर महतो र सरद भेषावकरले १/१ विकेट लिए।
हिजो सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको थियो।
" />कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ का कप्तान सिद्धान्त लोहनीले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए।

">