काठमाडौं। त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले आफ्नो टीमको लक्ष्य फाइनल खेल्ने रहेको बताएका छन्।
आजबाट सुरु प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मीका कप्तान विनोदले फाइनल खेल्ने मुख्य लक्ष्य भएकाले त्यही अनुरुप टीम संयोजन गरेको बताए।
विनोदले शतक बनाएपछि आर्मीले आज उद्घाटन खेलमा गण्डकी प्रदेशमाथि ९७ रनको विजय हासिल गरेको छ। जितपछि कप्तान विनोदले भने, “शतक बनाउन पाउँदा खुशी लागेको छ। हामीले सोचेको फाइनलसम्म हो। सेटमा भएका तीन खेलाडी छैनन्। त्यसकारण हामीले त्यहिअनुसार टीम संयोजन गरेका छौं।”
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। विनोदले १११ रन बनाएपछि आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गमाुएर २८७ रन बनाएको थियो। विनोदबाहेक आर्मीका लागि राजु रिजालले सबैभन्दा धेरै ४५ रन बनाए।
कप्तान विनोदले एकदिवसीय क्रिकेटमा ब्याट्सम्यानले धैयता राख्न नसकेको बताए। “ब्याट्म्यानले लामो इनिङ खेलेका छैनन्। ५० ओभरको खेलमा ब्याट्म्यानले धैयर्ता राख्न सक्नुपर्छ। त्यो देखिएको छैन। एकदिवसीयमा ३०÷४० रन बनाएर केही हुदैन। कम्तिमा शीर्षक्रमका पाँच खेलाडीले राम्रो गर्नुपर्छ,” साविक विजेता आर्मीका कप्तान विनोदले भने, “हाम्रो डर विभागीय टीमसँग हो। त्यसका लागि हामीले प्रदेशका टीमविरुद्ध जोखिम मोलेर खेलेका हौं। त्यसकारण गाह्रो भए पनि टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हौं।”
त्रिभुवन आर्मी रहेको समूह ‘ए’ मा नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश–१ र कर्णाली प्रदेश छन्। समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश–२ र सुदूरपश्चिम प्रदेश छन्।
पराजित गण्डकी प्रदेशका कप्तान विपिन खत्रीले युवा खेलाडीले उच्च मनोबलमा खेल्नु सकरात्मक पक्ष रहेको बताए। उनले भने, “विभागीय त्रिभुवन आर्मी क्लब बलियो टीम हो। तर आर्मीविरुद्ध पनि हाम्रा युवा खेलाडीले उच्च मनोबलका साथ खेले। त्यो हाम्रो लागि सकरात्मक हो। यसले आगामी खेलमा हामी राम्रो गर्न सक्छौं भन्ने संकेत दिएको छ।”