काठमाडौं। कप्तान जो रुटले १६८ रन बनाएपछि इङ्ल्यान्डले श्रीलंकाविरुद्धको पहिलो टेष्टमा दोस्रो दिन सकिँदा १८५ रनको अग्रता लिएको छ।
दोस्रो दिन सकिँदा पाहुना टोली इङ्ल्यान्ड ३२०/४ को स्थितिमा छ। इङ्ल्यान्डका रुट १६८ तथा जोस बट्लर सात रन बनाएर क्रिजमा छन्।
इङ्ल्यान्डले १२७/२ को स्थितिबाट दोस्रो दिन थालेको थियो। दोस्रो दिन थाल्दा रुट ६६ तथा जोनी बेएरिष्टो ४७ रन बनाएर क्रिजमा थिए। रुटले दोस्रो दिन अघिल्लो दिनको स्कोरमा थप १०२ रन जोडे। बेयरिष्टो भने ४७ रनमै आउट भए।
बेयरिष्टोलाई लासिथ इमबुलदेनियाले पवेलियन फर्काएका हुन्। त्यसपछि टेष्टमा डेब्यू गरेका डन लारेन्सले ७३ रन बनाए। लारेन्सलाई दिलरुवान परेराले कुशल मेन्डिसमार्फत क्याच गरेका हुन्।
डोम बेसले पाँच तथा स्टुवार्ट ब्रोडले तीन विकेट लिएपछि श्रीलंकाले पहिलो इनिङमा १३५ रन बनाउँदा सबै विकेट गुमाएको थियो।