काठमाडौं। विश्व वरियाताको तेस्रो स्थानमा उक्लन सफल प्रिन्स दहालले त्रिभुवन आर्मी क्लबका नविन श्रेष्ठलाई २–० को सेटमा पराजित गर्दै पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लूएफ) ले आज जारी गरेको नयाँ वरियतामा प्रिन्स तेस्रो स्थानमा उक्लिएका हुन्।
प्रिन्सले सिराहाको गोलबजारमा जारी प्रतियोगितामा नविनलाई २१–११, २१–१७ को सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका हुन्। सिल्क ग्रुपका प्रिन्सले अब फाइनल प्रवेशका लागि राष्ट्रिय च्याम्पियन रत्नजित तामाङसँग प्रतिस्पर्धा गर्नेछन्।
त्रिभुवन आर्मी क्लबका रत्नजितले गोलबजार कभर्डहलमा सम्पन्न क्वार्टरफाइनलमा भोजपुरका विकास श्रेष्ठलाई २१–१८, २१–१८ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन्।
त्रिभुवन आर्मीकै प्रफुल महर्जनले एपीएफका गौतम कठायतलाई ९–२१, २१–१६, २१–१३ को सेटमा पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन्। प्रफुलले अब फाइनल प्रवेशका लागि एपीएफका दिपेश धामीसँग प्रतिस्पर्धा गर्नेछन्।
दिपेशले त्रिभुवन आर्मीका रुकेश महर्जनलाई २१–१३, २१–९ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन्।
महिलातर्फ भोजपुरकी नङ्गशलदेवी तामाङ एपीएफकी शोभा गौचनलाई २१–६, २१–१५ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाइन्। नङ्गशलदेवीले अब फाइनल प्रवेशका लागि जेशिका गुरुङविरुद्ध खेल्नेछिन्। एपीएफकी जेशिकाले अन्तिम आठमा आफ्नै क्लबकी सुनयना मुखियालाई २१–९, २१–१७ को सेटमा हाराएकी हुन्।
त्रिभुवन आर्मीकी रशिला महर्जनले विराट ब्याडमिन्टन क्लबकी सिमा राजबंशीलाई २१–१७, २१–७ को सेटमा पराजित गरिन्। उनले अब आफ्नै क्लबकी अमिता गिरीसँग प्रतिस्पर्धा गर्नेछिन्।
अमिताले पनि त्रिभुवन आर्मीकै अनुमाया राईलाई २१–१६, २१–९ ले पराजित गरेकी हुन्।
गोलबजारस्थित नवनिर्मित कभर्डहलमा भएको वरियताबाहेकको पुरुष एकल स्पर्धामा त्रिभुवन आर्मीका पविन लिनथेपले भोजपुरका विशाल तामाङलाई २१–१३, २१–१५ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए।
त्यस्तै अन्तिम आठमा स्थान बनाउन त्रिभुवन आर्मीका डेभिड थापामगरले पुलिसका पूर्णबहादुर थापालाई २१–१३, २२–२०, कैलालीका देवराज रानाले पाँचथरका एसिया जबेगुलाई २१–११, २३–२१, कञ्चनपुरका विवेक चौधरीले सेनाका गोकुल जोरालाई २१–१४, २०–२२, २१–१४, त्रिभुवन आर्मीका सन्तोष पनेरुले बाँकेका शिव थापालाई २१–१५, ११–२१, २१–७, एपीएफका इन्द्रबहादुर महतले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठलाई २१–१७, २१–८, त्रिभुवन आर्मीका दिवश शंकरले सोलुखुम्बुका पेम्बा शेर्पालाई २१–१५, २१–१२ तथा त्रिभुवन आर्मीका आयुष्मान नागरीले एपीएफका निरञ्जन देवकोटालाई २१–१६, २१–१५ को सेटमा पराजित गरे।
महिलातर्फ खोटाङकी रेनुका राई, बाँकेकी समीक्षा न्यौपाने, विराट ब्याडमिन्टन क्लबकी रोज पाण्डे र कञ्चनपुरकी अस्मीता सुनारले अन्तिम आठमा स्थान बनाए।
रेनुकाले पाल्पाकी सुष्मा बुद्धलाई २१–१४, २१–१४, समीक्षाले कञ्चनपुरकी बिणा बिष्टलाई २१–१८, २१–१९, रोजले एपिएफकी निकिता लामालाई २१–१०, २१–५ तथा अस्मीताले पाल्पाकी जानुका कनौजलाई २२–२०, २१–१८ को सेटमा पराजित गरे।
त्यस्तै झापाकी अञ्जना राईले कैलालीकी प्रियान्सी बमलाई २१–१४, २१–७, एपीएफकी प्रेक्षा राईले कैलालीकी ऐलिना तिरवालाई २१–१५, १५–२१, २१–१३, तथा खोटाङ्गकी स्मिता राईले पाल्पाकी दिया शाक्यलाई १८–२१, २१–१८, २१–८ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए। कैलालीकी प्रार्थना देउवा वाई पाएर सिधै क्वार्टरफाइनलमा स्थान बनाइन्।