काठमाडौं। त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रीकेट प्रतियोगिताको उदघाटन खेलमा गण्डकी प्रदेशविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रीकेट मैदानमा साबिक विजेता आर्मीका कप्तान विनोद भण्डारीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन।
आजबाट शुरू प्रतियोगिता त्रिवि क्रीकेट मैदान र मुलपानी क्रीकेट मैदानमा हुनेछ।
माघ १७ गते सम्म हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागिय टीम गरि जम्मा दश टीमको सहभागिता रहनेछ। एकदिवसीय क्रीकेट प्रतियोगितामा सहभागी दश टीमलाई दुई समूहमा विभाजन गरिएको छ।
त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), गण्डकी प्रदेश, प्रदेश एक र कर्णाली प्रदेश समूह 'ए' मा परेका छन्। यस्तै समूह 'बी' मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश दुई र सुदूरपश्चिम प्रदेश छन्।
क्यानकाअनुसार त्रिवि क्रीकेट मैदानमा लिग चरणका ११ खेल हुनेछन्। मुलपानीमा भने ९ खेल हुनेछन्। लिग चरणका खेल माघ १२ गतेसम्म हुनेछ। माघ १४ र १५ गते सेमिफाइनल खेल हुनेछन्। फाइनल खेल माघ १७ गते त्रिवि क्रीकेट मैदानमा हुनेछ।
" /> काठमाडौं। त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रीकेट प्रतियोगिताको उदघाटन खेलमा गण्डकी प्रदेशविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रीकेट मैदानमा साबिक विजेता आर्मीका कप्तान विनोद भण्डारीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन।

">