बंगलादेशद्वारा नेपालसामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। फाइनलमा स्थान बनाउन जित्नै पर्ने दवावमा रहेको नेपालले आज बंगलादेशविरुद्ध १ सय ५६ रनको विजयी लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको छ।

बंगलादेश ३.५ ओभरमा १६–३ को स्थितिमा थियो। कप्तान नाजमुल होसैन शान्तोले अविजित ७५ तथा अफिफ होसैनले ५२ रन बनाएपछि बंगलादेशले सम्मानजनक स्कोर बनाउन सफल भयो।

शान्तोले ६० बलमा ४ चौका र ४ छक्का प्रहार गरे। आफिफ होसैनले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

नेपालका पारस खड्काले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए।अबिनाश बोहराले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्