काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ २ गतेबाट शुरु हुनेछ।
माघ १७ गतेबाट हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टीम गरी जम्मा १० टीमको सहभागिता रहनेछ। एक दिवसीय क्रिकेट प्रतियोगितामा सहभागी दश टीमलाई दुई समूहमा विभाजन गरिएको छ।
त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), गण्डकी प्रदेश, प्रदेश एक र कर्णाली प्रदेश समूह ‘ए’मा परेका छन्। यस्तै समूह ‘बी’मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश दुई र सुदूरपश्चिम प्रदेश छन्।
क्यानका अनुसार त्रिवि क्रीकेट मैदानमा लिग चरणका ११ खेल हुनेछन्। मुलपानीमा भने ९ खेल हुनेछन्। लिग चरणका खेल माघ दुईदेखि १२ गतेसम्म हुनेछ। माघ १४ र १५ गते सेमिफाइनल खेल हुनेछन्। फाइनल खेल माघ १७ गते त्रिवि क्रीकेट मैदानमा हुनेछ।
" /> काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ २ गतेबाट शुरु हुनेछ।माघ १७ गतेबाट हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टीम गरी जम्मा १० टीमको सहभागिता रहनेछ। एक दिवसीय क्रिकेट प्रतियोगितामा सहभागी दश टीमलाई दुई समूहमा विभाजन गरिएको छ।

">