काठमाडौं। डोम बेसको पाँच विकेट तथा कप्तान जो रुटले अर्धशतक बनाएपछि श्रीलंकाविरुद्धको पहिलो टेष्टमा इङ्ल्यान्ड बलियो स्थितिमा पुगेको छ। पाहुना टोली इङ्ल्यान्डका बेसले ३० रन दिएर पाँच विकेट लिए भने ब्रोडले तीन विकेट लिएपछि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले १३५ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
घरेलु टोली श्रीलंकाका लागि सबभन्दा धेरै दिनेश चण्डीमलले २८ रन बनाए। त्यसबाहेक एन्जेलो म्याथ्युजले २७, दासुन शानाकाले २३, कुशल परेराले २०, पीडब्लूएच डी सिल्भाले १९ र निरोशन डिकवालाले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। श्रीलंकाका चार खेलाडी शुन्यमा पवेलियन फर्किए।
त्यसपछि ब्याटिङ थालेकोइङ्ल्यान्ड १२७/२ को स्थितिमा छ। इङ्ल्यान्डले पनि सुरुमै दुई विकेट गुमाएको थियो। पाहुना टोली इङ्ल्यान्डले १७ रन जोड्दा दुई विकेट गुमाइसकेको थियो। ज्याक क्राली ९ तथा डम सिबले चार रन बनाएर आउट भए।
त्यसपछि जोनी बेएरिस्टो र रुटले इङ्ल्यान्डको इनिङ सम्हाले। दुईजनाले तेस्रो विकेटका लागि ११० रनको अविजित साझेदारी गरे। बेएरिस्टो ४७ तथा रुट ६६ रन बनाएर क्रिजमा छन्।
इङ्ल्यान्डको दुवै विकेट लासिथ इम्बुलडेनियाले लिएका थिए।
" /> काठमाडौं। डोम बेसको पाँच विकेट तथा कप्तान जो रुटले अर्धशतक बनाएपछि श्रीलंकाविरुद्धको पहिलो टेष्टमा इङ्ल्यान्ड बलियो स्थितिमा पुगेको छ। पाहुना टोली इङ्ल्यान्डका बेसले ३० रन दिएर पाँच विकेट लिए भने ब्रोडले तीन विकेट लिएपछि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले १३५ रन बनाउँदा सबै विकेट गुमाएको थियो।घरेलु टोली श्रीलंकाका लागि सबभन्दा धेरै दिनेश चण्डीमलले २८ रन बनाए। त्यसबाहेक एन्जेलो म्याथ्युजले २७, दासुन शानाकाले २३, कुशल परेराले २०, पीडब्लूएच डी सिल्भाले १९ र निरोशन डिकवालाले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। श्रीलंकाका चार खेलाडी शुन्यमा पवेलियन फर्किए।

">