काठमाडौँ। पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा राष्ट्रिय वरीयतातर्फ महिला र पुरुषतर्फको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।
सिराहाको गोलबजारमा भइरहेको योनेक्स सनराईज पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा राष्ट्रिय वरीयताका पुरुषतर्फ १६ तथा महिलातर्फ १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
पुरुषतर्फ समूह ‘ए’ बाट त्रिभुवन आर्मीका रत्नजित तामाङ्ग र एपीएफका गौतम कठायत क्रमशः पहिलो र दोस्रो स्थानमा रहेर अन्तिम आठमा स्थान बनाउन सफल भएका छन्। रत्नजितले अब समूह ‘सी’को उपविजेता भोजपुरका विकास श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन्। रत्नजितले लिग चरणमा सबै तीन खेल जितेका छन्। समूह ‘सी’का उपविजेता विकासले समूह चरणमा दुई खेल जितेका थिए।
तीनमध्ये दुई खेल जितेर उपविजेता बनेका गौतमले समूह ‘सी’का विजेता त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनसँग प्रतिस्पर्धा गर्नेछन्। प्रफुलले समूह ‘सी’ मा सबै तीन खेल जितेका थिए।
त्यस्तै समूह ‘बी’बाट एपीएफका दीपेश धामी र त्रिभुवन आर्मीका नविन श्रेष्ठ क्रमशः विजेता र उपविजेता बने। दीपेशले समूह चरणका सबै तीन खेल जितेका थिए। नविन एक खेलमा पराजित भए।
दीपेशले अब समूह ‘डी’का उपविजेता रुकेश महर्जनसँग प्रतिस्पर्धा गर्नेछन्। रुकेशले पनि समूह चरणमा सबै खेल जितेका थिए। यस्तै समूह ‘डी’का बिजेता सिल्क ग्रुपका प्रिन्स दाहालले समूह ‘बी’का उपविजेता त्रिभुवन आर्मीका नविन श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन्। प्रिन्सले समूह चरणमा सतप्रतिशत नतिजा निकालेका थिए।
बिहीबार समूह चरणको अन्तिम खेलमा एपीएफका गौतमले आफ्नै क्लबका सुमन लिम्बुलाई २१–९, २१–८ ले हराए। नेपाल पुलिसका सुनिल जोशीले बाँकेका इरफान अन्सारीलाई २१–१८, २१–१६ ले हराए। त्रिभुवन आर्मीका प्रफुलले एपीएफका बिजित थापामगरलाई २१–१६, २३–२१ले पारजित गरे। त्रिभुवन आर्मीका रुकेशले नेपाल पुलिस क्लबका जिवन आचार्यलाई २५–२३, २१–६ ले तथा त्रिभुवन आर्मीका रत्नजितले धादिङ्गका सुदीप सेंढाईलाई २१–११, २१–११ को सेटमा हराए। एपीएफका दिपेश धामीले त्रिभुवन आर्मीका नविन श्रेष्ठलाई २१–११, २१–१७ तथा भोजपुरका बिकाश श्रेष्ठले नेपाल पुलिसका दीपक बोहरालाई २१–१५, २१–१२ को सेटमा हराए। सिल्क ग्रुपका प्रिन्स दाहालले एपीएफका साजनकृष्ण ताम्राकारलाई २१–८, २१–९ ले पराजित गरेका हुन्।
महिलातर्फ समूह ‘ए’बाट भोजपुरकी नङ्गशलदेवी तामाङ्ग र बिराट ब्याडमिन्टन क्लबकी सिमा राजबंशी क्रमशः विजेता तथा उपविजेता बन्दै अन्तिम आठमा स्थान बनाउन सफल भए।
नङ्गशलदेवीले अब समूह ‘सी’ की उपबिजेता एपीएफकी शोभा गौचनसँग प्रतिस्पर्धा गर्नेछिन्। सिमाले समूह ‘सी’की बिजेता त्रिभुवन आर्मीकी रशिला महर्जनसँग प्रतिस्पर्धा गर्नेछिन्।
समूह ‘बी’मा त्रिभुवन आर्मीकी अमिता गिरी र एपिएफकी सुनयना मुखिया क्रमशः विजेता तथा उपविजेता बने। अमिताले अब क्वार्टरफाइनलमा समूह ‘डी’की उपविजेता अनुमाया राई र सुनयनाले एपीएफकी जेशिका गुरुङ्गसँग प्रतिस्पर्धा गर्नेछिन्।
वरीयताबाहेक पुरुष एकलमा त्रिभुवन आर्मीका पविन लिनथेपले विराट ब्याडमिन्टन क्लबका नविन सिलवाललाई २०–२२, २१–१४, २१–१३ को सेटमा हराए। भोजपुरका बिशाल तामाङ्गले कैलालीका रोशन खत्रीलाई २१–९, २१–७ तथा नेपाल पुलिसका पूर्णबहादुर थपाले कञ्चनपुरका सौरभ बमलाई २१–१०, २१–१७ को सेटमा पराजित गरे।
त्रिभुवन आर्मीका डेभिड थापामगरले साइनो एसएचका सुजन थापालाई २१–१७, २१–१६ ले पराजित गरे। कैलालीका देवराज रानाले कपिलवस्तुका रोहित बराललाई २१–१२, २१–१६ ले हराए।
" /> काठमाडौँ। पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा राष्ट्रिय वरीयतातर्फ महिला र पुरुषतर्फको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।सिराहाको गोलबजारमा भइरहेको योनेक्स सनराईज पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा राष्ट्रिय वरीयताका पुरुषतर्फ १६ तथा महिलातर्फ १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

">